माया बस्नेत
कपिलवस्तु चैत्र २५
कपिलवस्तुको बिजयनगर १ गुगौलीका अग्नि पीडितलाई राष्ट्रिय युवा संघ नेपाल कपिबस्तुले राहत वितरण गरेको छ । गत शुक्रबार उक्त गाउमा २५ घर २४ गोठ जलेका थिए । अग्नि पिडितको परिवारको जीवनयापन गर्न सहज होस् भनि राहत वितरण गरिएको युवा संघ कपिलवस्तुले जनाएको छ ।
प्रतिघरपरिवारलाइ १ थान सिरक,१ थान सिरानी,१ थान तन्ना,१ थान कम्बल,र १ थान झुल वितरण गरेको छ । पिडितहरु खुल्ला आकाशमुनि बस्न वाध्य भएकोले उनीहरुको दैनिकिमा केहि भएपनि राहत हुने उद्देश्यले वितरण गरिएको केन्द्रिय सदस्य प्रेम चापागाईले बताउनुभयो ।
वितरण कार्याक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गोपाल ज्ञावालि,प्रेम चापागाई, जिल्ला संयोजक बिजय कुवर,सहसमयोजक कृष्ण कार्की, पुर्ब जिल्ला अधक्ष्य गणेश के सि, श्यम सुवेदी, कमल खत्री, बिष्णु हमाल,दिपेन्द्र खड्का , कबिराज अधिकारी लगायतको उपस्थितिमा गाउपालिका अध्यक्ष गोपाल थापा मार्फत उक्त राहत हस्तान्तरण गरिएको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया