Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बाबुरामको भिडिओ सन्देशः राज्य र नागरिकबीचको सहकार्यले मात्रै यो महामारीलाई परास्त गर्न सकिन्छ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राज्य र नागरिकबीचको सहकार्यले मात्रै कोरोना भाइरस (कोभिड १९)को महामारीलाई परास्त गर्न सक्ने बताउनुभएको छ ।

बिहीबार समाजिक सञ्जाल फेसबुमार्फत भिडियो सन्देश जारी गर्दै भट्टराईले यो महामारीलाई राज्य र नागरिकबीचको सहकार्यले मात्रै परास्त गर्न सक्ने र मुख्य दायित्व राज्यले लिनुपर्नेमा जोड दिनुभयो।

उहाँले तीन तहका सरकारबीच तालमेल मिलाउने र स्थानीय तहमा सर्वपक्षीय संयत्र निर्माण गरेर सहकार्य गरेर यसलाई परास्त गर्नुपर्ने बताउनुभएको छ।

भट्टराईले लकडाउनका समयमा विभिन्न तनाव हुने, विभिन्न आशंका उब्जिने अवस्था आउने भन्दै चिन्ता नलिइ चिन्तन गर्न सबैमा आग्रह पनि गर्नुभएको छ।

उहाँले नेपाल प्राकृतिक हिसाबले सुन्दर रहेको र संस्कृतिक हिसाबले पारिवारिक जमघटमा रमाउने बानी रहेको बताउँदै आफ्ना रुची अनुसार आफूलाई व्यस्त राख्न सुझाव दिनुभएको छ।

अध्यक्ष भट्टराईले विदेशबाट आएका नेपाली नागरिकहरुलाई दुई हप्ता क्वारेन्टिनमा बसेर मात्र परिवारसँग जोडिन आग्रह गर्नुभएको छ। त्यस्तै उहाँले विपन्न नागरिक, मजदूर, अशक्तलगायतलाई राहतको व्यवस्था गर्न समेत सरकारसँग माग गर्नुभएको छ। भिडियाे

https://www.youtube.com/watch?v=u7rmOf8IbBs

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP