काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा उपचार गराइरहेकी १९ वर्षीय युवती अंशु सापकोटासँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन संवाद गर्नुभएको छ। मुख्यमन्त्री गुरुङले अस्पतालमा रहेकी अंशुलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै मनोबल बढाउन सुझाउनुभएको छ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले मुख्यमन्त्री र अंशुबीच भएको कुराकानी सामाजिक संजाल फेसबुकमा पोष्ट गर्नुभएको छ।
मुख्यमन्त्री गुरुङले संवादका क्रममा आफूले अउपचारमा संलग्न अस्पतालका चिकित्सकहरुलाई उपचारमा ध्यान दिन सुझाव दिँदै आएको बताउनुभएको छ।
मुख्यमन्त्री गुरुङले अंशुसँगको कुराकानीमा भन्नुभएको छ, ‘मन दह्रो पार्नु केही पनि हुँदैन । नियमित तातोपानी सेवन गर्नुहोला। म नियमित रूपमा चिकित्सकसँग कुरा गरिरहेको छु, चिकित्सकले राम्रो प्रगति भइरहेको मलाई भनेका छन्, ढुक्क हुनुस्।’
जवाफमा अंशुले आफूले तातोपानी सेवन गरिरहेको र चिकित्सकले फोनमार्फत आफूसँग सम्वाद गरिरहेको बताएकी छन् । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइ बाग्लुङ पुगेकी अंशुमा कोरोना संक्रमण देखिएको थियो । https://www.youtube.com/watch?v=RGWEDU-a-OY
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया