काठमाडौं । काठमाडौं उपत्यकाभित्र लकडाउन उल्लघंन गर्ने १ हजार ३ सय ७८ जना मानिस कारबाहीमा परेका छन् । लकडाउन अवज्ञा गर्ने क्रम बढेसँगै चेकजाँच कडा पारिएको र ठूलो संख्यामा कारबाही गरिएको महानगरिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआइजी) विश्वराज पोखरेलले जानकारी दिनुभयो।
जसमा १ हजार १ सय पुरुष र २७८ जना महिला रहेको प्रहरीले जनाएको छ। यस्तै लकडाउन उल्लघंन गर्दै चलाइएका २ सय ४९ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ। कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनको आज १६ औं दिन पुगेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया