Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोना संक्रमणबाट भारतमा पहिलो पटक डाक्टरको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु भएको छ। मध्य प्रदेशको इन्दौरमा विहीवार कोरोना संक्रमणको चपेटमा आए एक डाक्टरको आज निधन भएको हो। डाक्टरको मृत्युपछि पूरै प्रदेश तरंगित भएको छ।

मध्यप्रदेश राज्यमा ३८१ जना संक्रमित भेटिँदा इन्दौरमा मात्रै अहिलेसम्म २१३ जना कोरोना संक्रमित भेटिएका छन्। मध्य प्रदेशको इन्दौर शहर पछिल्लो समय कोरोनाको एपीसेन्टर बन्दै गएको छ। संक्रमित २१३ मध्ये हालसम्म त्यहाँ २२ जनाले ज्यान गुमाइसकेका छन्।

बिहीबार कोरोनाको चपेटमा परेका डाक्टरको निधन भएपछि प्रदेश शोकमय भएको छ। स्वास्थ्य विभागका सीएमएचओ डा. प्रवीण जडियाका अनुसार डा. शत्रुघ्न पञ्जवानीमा केही दिनअघि मात्रै कोरोना पोजेटिभ देखिएको थियो।

उनको उपचार सुरुमा गोकुलदासमा र त्यसपछि सीएचएलमा भइरहेको थियो। उनलाई त्यहाँबाट पनि अरविन्दोन्मा लगिएको थियो । तर उनको बिहीबार बिहानै ज्यान गएको हो।  -एजेन्सी 

https://www.youtube.com/watch?v=u7rmOf8IbBs&t=8s

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP