Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

भरतपुरमा तोकियो निषेधित क्षेत्र पाँचजना भन्दा बढी मानिस जम्मा नहुन प्रशासनको आदेश


चितवन
भरतपुरका बिभिन्न स्थानमा भदौ ९ गते बिहान ६ बजे देखि अर्को आदेश नभएसम्मको लागी पाँचजना भन्दा बढी ब्यक्ति जम्मा नहुन जिल्ला प्रशासन कार्यालय चितवनले सुचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्धारा जारी आदेशमा कार्यक्रम प्रस्ताेता रवि लामिछाने रिहाईको माग गर्दै हुने प्रदर्शनबाट अशान्ति र हुलदंगा हुन सक्ने देखिएकाले चारकिल्ला तोकेर एकै ठाँउमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाईने उल्लेख छ ।
चारकिल्लामा पूर्व बाईपास सडक तर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि घरेलु कार्यालय चोक सम्म, पश्चिममा पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल देखि चौबिसकोठी चोकसम्म, उत्तरमा बाईपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जानेचोक, नारायणी माविचोक, कृषिज्ञानकेन्द्र चोक हुदै चौबिसकोठी सम्म,
र दक्षिणमा बाईपास सडक तर्फको घरेलुकार्यालयको चोकदेखि दुरसञ्चारचोक हुदै पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पतालचोक सम्म रहेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ९३ क. बमोजिमको अधिकार प्रयोग गर्दै यस्तो आदेश जारी गरिएको सार्वजनिक सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP