Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपालको पहिलो नगरपालिका बुद्धभुमि बाल विवाह मुक्त घोषणा

नारद कोहार
कपिलबस्तु, भाद्र १०
जिल्लाको बुद्धभुमि नगरपालिका नेपालको पहिलो बाल विवाह मुक्त तथा पुर्ण खोप नगर घोषणा गरिएको छ । नगरपालिकाको गोरुसिंगेका आयोजना गरि घोषणा गरिएको हो ।
नेपालको मुलकी देवानी संहिता, २०७४ले विवाह गर्ने न्यूनताम उमेर २० वर्ष तोकेको छ । बाल विवाह अन्त्यका लागि कम उमेर बाल विवाह गर्ने गराउनेलाई दाण्ड सजायको व्यवस्था समेत गरेको छ ।राष्ट्यि राण्निति २०७२ ले सन् २०३० सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्ने लक्ष्य अनुरुप नगरपालिकालाई बाल विवाह मुक्त नगर घोषणा गरिएको नगर प्रमुख केशब कुमार श्रेष्ठले बताउनु भयो ।
उक्त नगरपालिकामा विगत २ वर्षको अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरूको प्रतिबद्धता जनाएर यस नगरलाई बालविवाह मुक्त घोषणा गरिएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
साथै नगरपालिका भित्रका १६ देखि २३ महिना सम्मका सवै वालवालिकाहरुले १ वर्षको उमेर भित्र पुर्ण खोप पाएको सुनिश्चित भए संगै नगर प्रमुख श्रेष्ठले पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले संविधान र कानुनले बन्देज गरेको अवस्थामा उमेर नपुगी गरिने विवाहलाई अवैधानिक तथा गैरकानुनी मानिने बताए । बाल विवाह रोक्न समाजका सबै पक्षको उत्तिकै दायित्व हुने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य द्वाय शहसराम यादव र सन्तोष कुमार पाण्डेयले तराई क्षेत्रमा नेपाल भारत सीमा पारी गएर बाल विवाह गर्ने प्रवृत्ति रहेको बताउँदै त्यसलाई पनि रोक्न सक्ने प्रणालीको विकास गरेमात्र बाल विवाह मुक्त घोषणाले सार्थकता पाउने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले यसलाई घोषणामा मात्र होइन दीगो पन दिन जरुरी रहेको बताए ।
सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाथ्याले बालविवाह गर्नु कानुनी अपराध भएको बताउदै यसले बालबालिकाको शारीरिक, मानसिक तथा अन्य क्षेत्रमा समेत असर पुर्याउने भएकाले बालबिबाह हुन नदिन सबैको सहयोगको उतिकै खाचो रहेको बताउनुभयो । बिपन्न तथा दलित समुदायमा शिक्षा तथा चेतनाका अभावका कारण बाल विवाह बढि हुने गरेको पाईएकाले उनीहरुलाई सचेत गराएमा न्युनिकरण हुने धारणा राख्नुभयो ।
कार्यक्रम बुद्धभुमि नगरपालिकाको आयोजनामा भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP