Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विद्यालयमा ट्युशन पढ्न गएका ८ विद्यार्थी एकसाथ बेहोस , कमलाको निधन

पाल्पा
बुधवार बिहान विद्यालयमा ट्युशन पढ्न जाने क्रममा बेहोस भएकी एकजना छात्राको निधन भएको छ ।

बिहान करिब ८ बजे विद्यालयमा ट्युशन पढ्न जाने क्रममा एक्कासी बेहोस हुँदा पाल्पाको रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी कमला फालको ज्यान गएको हो ।
कक्षा १० मा अध्यानरत उनी बेहोस भएपछि उपचारका लागि तानसेनतर्फ ल्याउँदै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार बिहान विद्यालय जाने क्रममा कमला सहित अन्य ६ जना छात्रा र १ जना छात्र पनि विद्यालय नजिकै बेहोस भएका थिए ।
उनीहरु मध्ये तीनजनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास, दुईजनाको युनाइटेड मिशन अस्पताल र अन्य दुईको ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए। उनीहरु के कारणले बेहोस भए भन्नेबारे खुल्न सकेको छैन भने चिकित्सकको टोलिले  सो बारे अध्यान गरिरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP