काठमाडाैं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन्।
आईतबार ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्। उनले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताएका हुन्।
घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको जानकारी दिए। उनले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताए।
उनले चालु आर्थिक वर्षकै आगामी थप जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने बताए। घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताए।
घिसिङले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्यधिक रहेको बताए। उनले अहिले उत्पादन भएको १०० प्रतिशत विद्युत खपत भइरहेको पनि बताए। उनले विद्युत खपत २५ प्रतिशतले बढ्दै गएकाले आगामी वर्ष पनि २५ प्रतिशतले विद्युत खपत बढ्ने दाबी गरे।
कार्यकारी निर्देशक घिसिङले भविष्यमा नेपालको विद्युत जनतालाई निःशुल्क दिन सकिने बताए। उनले आगामी केही बर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै सबैले विद्युत महशुल तिर्नुपर्ने बताए।
घिसिङले तत्कालको लागि उद्योगहरुलाई डिमान्ड शुल्क छुट दिन नसकिने संकेत गरे। उनले सरकारले कोभिड लगायतका कारणले छुट दिएको बताए। उनले अहिलेसम्म करिब ९३ प्रतिशत विद्युतको पहुँच पुगेको बताउँदै आगामी २ वर्षमा सरकारले शतप्रतिशत विद्युतको पहुँच पुर्याउने लक्ष्य पूरा हुने जानकारी दिए।
पछिल्लो समय कुनैपनि क्षेत्रले मूल्य नघटाएको अवस्थामा पनि विद्युत प्राधिकरणले मूल्य घटाएको उनले बताए। घिसिङले गत आर्थिक वर्षमा विद्युत महशुल बढाएर नभई घटाएर भएपनि १६ अर्ब रुपैयाँ नाफा गरेको स्पष्ट पारे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया