Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कश्मिरी जनताको पक्षमा प्रदर्शन गर्न इमरान खानको आह्वान


एजेन्सी
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले काश्मिरका बारेमा लिएको कदमको विरोध गर्दै देशव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गरेका छन्।

‘म सबै पाकिस्तानीहरुलाई भोलि १२ बजेदेखि साढे १२ बजेसम्म घर बाहिर निस्किएर प्रदर्शनमा सहभागी हुन आह्वान गर्दछु’, खानले भनेका छन्।

खानले प्रदर्शनमा उत्रिनु भनेको काश्मिरका जनताप्रति ऐक्वबद्धता जनाउनु भएको पनि बताए।

प्रधानमन्त्री खानले बिहीबार सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘हामी काश्मिरी जनताको पछाडि छौ भन्ने सन्देश कडारूपमा दिन सक्नुपर्दछ।‘

उनले शुक्रबार संयुक्तरूपमा प्रदर्शनमा उत्रिन पटक पटक आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभाको पूर्वसन्ध्यामा उनले यस्तो प्रदर्शनको आह्वान गरेका हुन्।

उनले आउँदो महिनामा हुने महासभामा काश्मिरको दूतकोरूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताए।

भारत र पाकिस्तानबीच काश्मिरको बिषयमा लामो समयदेखि विवाद रहँदै आएका समय भारत प्रशासित काश्मिरलाई भारतले दिँदै आएको स्वायत्ततासम्बन्धी व्यवस्था रहेको संविधानको धारा ३७० लाई खारेज गरी उक्त क्षेत्रलाई केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेपछि भारत पाकिस्तानको विवाद थप जटिल बनेको छ। पाकिस्तानको पहलमा यो बिषय राष्ट्रसंंघ सुरक्षा परिषद्मा पुर्‍याइएको छ।

भारतीय गृहमन्त्री अमित शाहले धारा ३७० लाई केन्द्र सरकारको निर्णयमा निलम्बन गर्ने घोषणा गरेका थिए। सोही निर्णय अनुसार राष्ट्रपतिले काश्मिरलाई दिइदै आएको विशेषाधिकारको व्यवस्था रहेको संविभानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ लाई खारेज गरेको सूचना जारी गरेका थिए। उक्त निर्णया भारतीय संसदबाट पनि अनुमोदन भैसकेको छ।

भारतको यो घोषणासँगै पाकिस्तानसँगको सम्वन्ध फरि चिसिएको छ भने अन्य देशहरू पनि विभाजित भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP