काठमाडौं । रौतहटको सात कोरोना संक्रमित पनि भारतबाटै आएको खुलेको छ । त्यहाँस्थित इशनाथ नगरपालिकामा संक्रमित भेटिएका सातजना ६ दिनअघि मात्रै भारतबाट आएको खुलेको हो ।
उनीहरू भारतको दिल्ली र कानपुरबाट आएको इशनाथ नगरपालिकाका मेयर सन्तोषकुमार मेहताले जानकारी दिनुभयो । उनका अनुसार उनीहरूलाई सीमाबाट सोझै क्वारेन्टाइन पुर्याएर राखिएको थियो ।
उनीहरूलाई नगरपालिका ३ अरैयास्थित क्वारेन्टाइनमा राखिएको थियो । त्यस क्वारेन्टाइनमा रहेकामध्ये २७ जनाको चार दिनअघि नमूना संकलन गरिएको थियो ।
तीमध्ये सातजनामा आज संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इशनाथ २, ३, ६, र ९ नं. वडाका २१ वर्षका दुईजना, २५ वर्षका दुईजना, २३, २९ र ३० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै रौतहटमा कोरोना पुष्टि हुनेको संख्या २१ पुगेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया