Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चल्दा एकको मृत्यु

महोत्तरी । लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा भएको झडपमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर–७ मा भएको झडपमा प्रहरीले हवाई फायर गर्दा स्थानीय १६ वर्षीय राजन यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लागुऔषध कारोबारी सुरेन्द्र यादवलाई पक्राउ गर्न जाँदा यो घटना भएको हो। यादवलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी ग्राहक बनेर ससौलास्थित बाँस झ्याङमा पुगेका थिए । त्यहाँ यादवसहित आठ जनाको समुह रहेको थियो।

उनीहरुलाई प्रहरीले पक्राउ गर्ने प्रयास गर्दा ‘डाँका आयो’ भन्दै गुहार मागेपछि स्थानीयहरु हतियारसहित त्यहाँ पुगेका थिए। त्यसपछि भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्न परेको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो।

प्रहरीले ६ राउन्ड हवाई फायर गरेको र सोही गोली लागेर राजन यादवको मृत्यु भएको प्रहरीको दाबी छ । प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP