Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सन् २०२३ को अक्टोबरयता ११ हजारबढी प्यालेस्टिनी हिरासतमा

एजेन्सी

सन् २०२३ अक्टोबर –७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार ८०० भन्दा बढी पुगेको छ, जसमा ४३५ जना महिला ७७५ बालबालिका र १३६ पत्रकारहरू रहेका छन्।

बन्दी मामिला आयोग, प्यालेस्टिनी प्रिजनर्स क्लब, र प्रिजनर सपोर्ट एन्ड ह्युमन राइट्स एसोसिएसन एडडमीरले संयुक्त विज्ञप्तिमा प्यालेस्टिनीमाथि इजरायली आक्रमण सुरु भएदेखि प्रशासनिक नजरबन्द आदेश दश हजार नाघेको जनाएका छन्।

जसमा नवीकरण आदेशहरू केही बालबालिका तथा महिलाहरू विरुद्ध जारी गरिएको थियो। विज्ञप्तिका अनुसार अक्टोबर –७ देखि कम्तीमा ४५ कैदीहरू इजरायली जेलहरूमा शहीद भएका छन्।

यसैगरी धेरैजना हिरासतमा शहीद भएकोहरुको इजरायली अधिकारीहरूले पहिचान गरेका छैनन् भने दर्जनौँलाई मृत्युदण्ड दिइएको छ।

आधिकारिक रूपमा मृतक घोषणा गरिएका ४३ जना शहीदको शव, अझै पनि इजरायली अधिकारीहरूले गुपचुप राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बन्दीहरूमा आक्रमण सुरु भएदेखि नै उनीहरूको घर तथा सैन्य चौकीहरूमा पक्राउ परेका, दबाबमा आत्मसमर्पण गरेका र बन्धकको रूपमा राखिएका व्यक्तिहरू समावेश छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP