Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह तत्काल नेकपा संग एकिकरण नगर्ने

काठमाडौ

हृदयेश त्रिपाठीको संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ ।

मधेश र मधेशी जनताको हक अधिकारका लागि लामो संर्घष गरेका हृदयेश त्रिपाठी राजपा छोडेर त्रिपाठी बृजेश कुमार गुप्ता सहितका पाँच नेता चुनावको पूर्वसन्ध्यामा तत्कालीन एमाले संग गठबन्धन गर्दै सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनि त्रिपाठी र गुप्ता प्रतिनिधिसभा सदस्य बने ।

त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह नेपाल कम्युनिस्ट पार्टीमा जाने चर्चा चलिरहेकै बेला स्वतन्त्र राजनीतिक समूह तत्काल नेकपा संग एकिकरण नगर्ने बैठकद्वारा निर्णय गरिएको छ ।देशको कुल जनसंख्या मध्ये करिब ६५ प्रतिशत किसान रहेका छन ।

तर कृषि माथि लगानी कर्मकाण्डी छ, त्यो पनि किसान माथि होइनन् । किसान बाहेक सबै उत्पादनकर्ताले आफ्नो उत्पादनको मूल्य स्वयं निर्धारण गर्ने गर्छन तर कृषकले परिश्रम तथा लागतले उत्पादन गरेको मुल्य सोबाट नभई अन्य बिचौलियाले निर्धारण गरेको स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठीले भने ।

किसानको हित र सफलताको लागि विशेषज्ञहरुको सम्मिलित उच्चस्तरीय कृषि उपज मुल्य निर्धारण आयोग गठन गरि न्युनतम समर्थन मुल्यको निर्धारण तथा सरकारले स्वयं उक्त उपज खरिद गर्ने व्यवस्थाबाट मात्र संभव रहेको नेता त्रिपाठीको ठहर रहेको थियो ।

जुन मान्यताले नेकपा शीत सम्झौता भएको थियो तर चुनावको लाभ लिएपछि नेकपाले त्यो सम्झौता बिर्सेको आरोप लगाएका थिए । राष्ट्रिय सहमतिको अधारमा संविधान बनेको छ । ठुला ठुला खानपान पनि सहमति कै अधारमा भएको त्रिपाठीले बताएका थिए ।

काठमाडौंमा भएको स्वतन्त्र राजनीतिक समूहको भेलाले समूहलाई थप बिस्तार गरि क्रियाशील बनाउने निर्णय गरेको छ । २०७४ असोज १६ गते भएको सम्झौता पछि तत्कालीन एमाले र माओवादी बीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेकोले आफुहरुलाई प्राथमिकता नपरेको समूहको नेता इश्वर दयाल मिश्रको बुझाइ रहेको थियो ।

सबै जिल्लामा संयोजक सहित समिति बनाएर जिल्ला र काठमाडौंमा सम्पर्क कार्यालय बनाउने निर्णय गरियो । पूर्व एमाले संग सम्झौता गर्दा हाम्रो बिचारहरु लाई समेटने भनिएको थियो तर त्यो नेकपाले नगरेको कारण समूहलाई क्रियाशील बनाउने निर्णय गरिएको समूहकका नेता तथा सांसद बृजेश कुमार गुप्ताले बताएका थिए ।

कृषि उपज निर्धारण आयोग गठन हुनुपर्ने, नागरिकता सम्बन्धि, नेपाल भारत सिमामा गाडीको आवतजावत सम्बन्धि, नेपालगन्जमा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्टका रुपमा स्तरोन्नति गर्नुपर्ने संविधान संशोधन, निर्वाचित सांसद रेशम चौधरी प्रतिनिधिसभामा उपस्थिति लगाएतको १७ बुदे मागहरु बैठकले अघि सारेको छ ।

बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको स्वास्थ्य लाभ प्रति बैठक सन्तोष व्यक्त र थप स्वास्थ्य लाभको कामना गरेको थियो । साथै इश्वर दयाल मिश्र ज्युको धर्मपत्नी श्रीमती शकुन्तला मिश्र, राजनीतिज्ञ तथा पूर्व मन्त्री गणेश तिवारी नेपाली, नवलपरासीका राजेश मिश्र, रामशिष सिंह र रौतहट निवासी राजेन्द्र यादवको असमायिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP