Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

साढे दुई दशकपछि नक्साल हिटीमा पानी, तस्वीरहरू

 

काठमाडौं : नक्सालस्थित ढुंगे धारा (हिटी)मा साढे दुई दशकपछि पानीको प्रवाह फर्किएको छ। अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ।

हाल उक्त हिटीमा निरन्तर रुपमा पानी प्रवाह भइरहेको छ। काठमाडौं महानगरपालिकाको सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको हो।

उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको स्थानीयले बताएका छन्। साथै, पुरातत्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको छ।

उक्त हिटीको निकास नारायणहिटी संग्रहालयभित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ।

हाल उक्त हिटीमा निरन्तर रुपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको महानगरले जनाएको छ।  थाहा खबर

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP