Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

लकडाउनको सय दिन : भिडभाडसँगै सङ्क्रमण बढ्यो

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको सय दिन पुगेको छ ।

चैत ११ गतेदेखि देशभर गरिएको लकडाउन असार १ गतेदेखि केही खुकुलो बनाइएको छ । लकडाउनको यो मोडालिटी साउन ७ गतेसम्म कायम राख्ने सरकारले निर्णय गरिसकेको छ । तर सङ्क्रमण बढेमा प्रदेश र पालिकाले केन्द्रसँगको समन्वयमा निश्चित ठाउँमा लकडाउन कडा या खुकुलो बनाउन सक्छन् ।

पछिल्लो समय देशभर सङ्क्रमण बढ्दै गएको छ भने नागरिकमा भने डर घट्दै गएको छ । शहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा बढ्न सकेको छैन । हिजोसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको  । २९ जनाको ज्यान गएको छ । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । दश हजार तीन सय ४१ को उपचार चलिरहेको छ ।

देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यका सहित घनाबस्तीमा सङ्क्रमण बढ्न थालेकाले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन, २ मिटरको दुरी कायम गर्न, मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP