Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कहिले खुल्छ चिडियाखाना ? जनावरलाई मान्छेको ‘न्यास्रो’, व्यवस्थापनमा समस्या

काठमाण्डाै – दिनहुँ मान्छेको घुईंचो हुने सदर चिडियाखाना साढे तीन महिनादेखि सुनसान छ । लकडाउन सुरु हुनुभन्दा ५ दिनअघि चैत ६ गतेदेखि चिडियाखाना बन्द भएको हो ।

बन्द चिडियाखाना कहिले खुल्छ अझै ठेगान छैन । चिडियाखाना लामो समय बन्द हुँदा व्यवस्थापनमा त समस्या हुने भएको छ नै । चिडियाखानाका केही जनावर पनि नियास्रो मान्न थालेका छन् ।

‘खासगरी वनमान्छे, चराचुरुंगी र बाँदर प्रजातिका जनावर पहिलेजस्तो रमाएको देखिंदैन’ चिडियाखानाका प्रमुख डा. चीरञ्जीवि प्रसाद पोख्रेलले उज्यालो अनलाइनसँग भन्नुभयो । सधैं मान्छेसँग घुलमिल हुँदै आएका यी जनावर धेरै दिनदेखि मान्छे नदेख्दा अनौठो मान्ने गरेको उहाँले बताउनुभयो । ‘चिडियाखानाका धेरै जनावरलाई मान्छेको नियास्रो लागेको छ’ उहाँले भन्नुभयो ।

लकडाउन हुनुभन्दा पहिले हरेक  दिन  २/३  हजारको हाराहारीमा र शनिबारको दिन ६ हजारको हाराहारीमा दर्शकहरु चिडियाखाना अवलोकन गर्न पुग्थे । यसबाट चिडियाखानाले दिनहुँ सरदर तीन लाख रुपैयाँ आम्दानी गर्दै आएको थियो । जनावरको खाना, औषधि उपचार, रेखदेखदेखि कर्मचारी व्यवस्थापनसम्मको लागि यही आम्दानीले धान्दै आएको थियो । तर कोरोनाको त्रासको कारण बन्द गर्नुपरेको चिडियाखानामा आम्दानी नभएपछि अहिले व्यवस्थापनमा समस्या भएको पोख्रेलले बताउनुभयो ।

कोरोना भाइरसको महामारी अझै कति समय लम्बिन्छ भन्न सक्ने अवस्था नभएकाले चिडियाखाना पनि कहिलेदेखि खुल्छ भन्ने अनिश्चित जस्तै भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापनको जिम्मा लिएको चिडियाखाना सञ्चालन गर्न अहिले  धौधौ भएको छ । चिडियाखानामा १ सय ११ प्रजातिका १ हजार ९२ वटा जनावर छन् ।

सरकारको तयारी

सरकारले लकडाउन खुकुलो बनाए पनि चिडियाखाना खुलाउने निर्णय गरिसकेको छैन । वन तथा बातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगाना तत्काल चिडियाखाना खुल्ने सम्भावना नभएको बताउनुहुन्छ । मन्त्रालयले भौतिक दूरी कायम गरेर फेरि खुला गर्ने तयारी गरे पनि महामारीको बेला जीवजन्तुको नजिक जान हुँदैन कि भनेर निर्णय नगरेको बताउनुभयो । 

अहिले चिडियाखानामा जुन तरिकारले जनावरको स्याहारसुसार भइरहेको छ त्यही अनुसार गर्ने र २, ४ महिनापछि पनि  यस्तै अवस्था रह्यो भने के गर्ने भन्ने सम्बन्धमा सम्बन्धित निकायहरुबीच छलफल भइरहेको उहाँले बताउनुभयो । खर्च व्यवस्थापनको लागि अर्थ मन्त्रालयसँग पनि छलफल गर्ने तयारी भएको उहाँको भनाई छ । तर ठोस रुपमा अहिले नै यही गर्ने भन्ने अवस्थामा भने नपुगेको उहाँले बताउनुभयो । 

२०५२  साल पुस १४ गतेदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापनको जिम्मा लिएको चिडियाखानामा पछिल्लो समय नयाँ प्रजातिका जीवजन्तु थपिएका छन् । ठूला जनावरहरु अर्ना, बाघ, भालु र गैंडाका साथै

रेडपान्डा, अष्ट्रिज जस्ता नयाँ प्रजाति  पनि छन् । तर यी सबै जनावरलाई आवश्यक पर्ने पर्याप्त ठाउँ चिडियाखानामा छैन । 

जनावरलाई खेल्न, लुक्न तथा घुमफिरका लागि पर्याप्त खुला ठाउँ छैन । सदर चिडियाखाना साँघुरो भएको भन्दै सम्भावित ठाउँमा सार्ने भन्ने पनि बेलाबेला छलफल हुने गरेको छ । चिडियाखानाले संरक्षित जनावरको व्यवस्थापनसँगै उद्धार र औषधि उपचारको काम पनि गर्दै आएको छ ।

फोटो सौजन्य : चिडियाखाना

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP