Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने ट्याक्सी व्यवसायीको चेतावनी

काठमाडौं । माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भन्दै ट्याक्सी व्यवसायीहरुले बुधबार (आज) दोस्रो दिन पनि उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले मंगलबारदेखि आन्दोलन थालेका हुन् । उनीहरुले काठमाडौंको मीनभवनमा रहेको यातायात व्यवस्था विभागको कार्यालयअघि आफ्ना ट्याक्सीहरु सडकमा तेर्स्याएर विरोध जनाइरहेका छन् ।

उनीहरुले ‘रातो नम्बर प्लेटमा कोरोना नसर्ने, कालो नम्बर प्लेटमा मात्र सर्ने, २४ अर्ब कर तिरेर पनि हामीले केही पाएनौं, ट्याक्सी त बन्द गरौंँला सरकार तर हाम्रो परिवार कस्ले पाल्छ’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर विरोध गरिरहेका छन् ।

कोरोना भाइरसको कारण देखाउँदै लामो समयदेखि आफूहरुको दैनिक कमाइ खाने सवारीसाधन चलाउन नपाउँदा मर्कामा परेको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

ट्याक्सी व्यावसायीले माग पुरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । उनीहरुले आफूहरुलाई ट्याक्सी चलाउन नदिए उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP