काठमाडौं । सलहले देशभर १ हजार ६३ हेक्टरको खेती बालीमा क्षति पु¥याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै कृषि सचिव राजेन्द्रप्रसाद भारीले मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पु¥याएको जानकारी दिनुभयो ।
सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको उहाँले बताउनुभयो । सलहले मकै र तरकारीमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया