गुल्मी – इस्मा गाउँपालिका १ मा बिहीबार राति गएकाे पहिराेमा परेर घाइते भएकालाई काठमाण्डौ लैजान नेपाली सेनाको हेलिकप्टर गुल्मी पुगेको छ ।
सांसद गोकर्ण विष्टको पहलमा हेलिकप्टर गुल्मी गएको हो । हेलिकप्टरले पाँच जना घाइतेलाई काठमाण्डौ ल्याउनेछ । अरु घाइतेको सदमुकाम तम्घासमा उपचार भइरहेको छ ।
पहिरोमा परेर इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिनाका छोरा सुरज सारु र निस्ती ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको छ भने होटलमा बास बस्नुभएका मुसिकोट नगरपालिका २ का भागीरथ घिमिरे बेपत्ता हुनुभएको छ ।
पहिरोका कारण एक सय ५६ जना विस्थापित भएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया