Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा

 

 

सरकारले सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मेयर देवकुमार नेपाली विरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदावी सहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा लामो समय राजनीतिक संरक्षणमा रोकिएको थियो र नयाँ महान्यायाधिवक्ताको निर्देशनपछि मात्र मुद्दा दायर भएको छ।
देवकुमार नेपालीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीन आरोपमा अनुसन्धान भएको थियो, तर तत्कालीन सरकारले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरेको थियो।
२५ असोज, पोखरा । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ ।

बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले नेपाली विरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदावी सहित मुद्दा दायर गरेको हो । उनीमाथि बाग्लुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति कमाएको आरोप छ ।

 

पहिले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएका नेपालीलाई बिहीबार सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता गरिएको सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए । ’यसअघि सहकारी ठगीमा अभियोजन दर्ता भएकोमा सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा थप मुद्दा चलाइएको हो,’ शर्माले अनलाइनखबरसँग भने ।

सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी वटै मुद्दा चलाउन सिफारिस गरिएको भएपनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो । एमालेबाट ढोरपाटन नगरपालिकामा दोस्रो पटक मेयर पदमा विजयी नेपालीलाई केपी ओली सरकारले सम्पति शुद्धीकरण मुद्दा नलगाएर जोगाउन खोजेको आरोप थियो ।  अनलाइनखबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP