Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

लैंगिक हिंसा न्यूनीकरणमा प्रहरीको भूमिका


अनेक पाण्डे
कपिलवस्तु
लैंगिक हिंसा न्यूनीकरणमा प्रहरीको भूमिका विषयक विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । महाराजगंज नगरपालिका वडा नं. ६ को भलवारी श्री शिव प्रताप सरस्वती मा.वि.मा कक्षा ६ देखि १० सम्मका विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति गरी ४०० वढी जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । मधेश मानव अधिकार गृह (माहुरी होम) को आयोजना ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको प्रमुख अतिथित्वमा कार्यक्रम सुरु गरिएको थियो । वडाध्यक्ष हेमन्त कुमार चौधरी, जनप्रतिनिधी, उदयपुर प्रहरी चौकी ईन्चार्ज हेम बहादुर जिसी, मधेश मानव अधिकार गृहको सहज परियोजनाको कार्यक्रम अधिकृत रिखिराम निगमले कार्यक्रमको उद्देश्यका साथै सहज परियोजनाको उद्देश्य, कार्य पद्धती (विद्यालय केन्द्रीत, परिवार केन्द्रित र सामाजिक जवाफदेहिता) लगायत माहुरी होमले समुदायमा प्रदान गर्ने सेवाहरुको वारेमा जानकारी गराउनु भएको थियो । मौनताको संस्कृतिलाई तोडन् र न्याय खोज्ने व्यवहारमा पहुँच बढाउनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम, लैंगिक हिंसा, उजुरी दर्ता प्रकृया, समुदाय प्रति प्रहरीको भूमिका लगायतका विषयमा ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन सोहि विद्यालयका शिक्षक सन्त मिलन चौधरीले गरेका थिए भने स्वागत मन्तब्य विद्यालयका प्र.अ.कृष्ण कुुमार चर्तुवेदीले दिएका थिए । कार्यक्रमको अध्यक्षता विद्यायल व्यवस्थापन समितिका वरिष्ट सदस्य जय करन प्रसाद पासीले गर्नु भएको जानकारी मधेश मानव अधिकार गृहका (माहुरी होम) समाजिक परिचालक कृष्ण कुमार यादबले गराएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP