Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालयलाई हटाएर छुट्टै मन्त्रालय

श्याम राई

काठमाडौं : शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालयलाई हटाएर छुट्टै मन्त्रालय बनाउने तयारी थालिएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले यसबारे छलफल थालिएको जानकारी दिएका छन्।

उनका अनुसार विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने र विज्ञान प्रविधि, नवप्रर्वतन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान तथा विज्ञान प्रविधि सम्बन्धी सबै कामहरू सोही मन्त्रालय मार्फत गराइने छ।

उनले हिजो(बुधबार)सामाजिक सञ्जालबाट भनेका छन्, ‘विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने र विज्ञान प्रविधि, नवप्रर्वतन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान तथा विज्ञान प्रविधि सम्बन्धी सम्पूर्ण कामहरू सोही मन्त्रालय मार्फत गर्न गराउने कुराको फाइदाबारे छलफल सुरू गरियो।’

उनको यो निर्णय र पहललाई धेरैले सहमत जनाएका छन्। राम्रो निर्णय गरिएको भन्दै ओम राउतले सामाजिक सञ्जालबाटै कमेन्ट गरेका छन्,‘३ नं बुँदा कार्यान्वयनमा लानु पर्‍याे।’

शिक्षा अभियन्ता एवं वरिष्ठ शिक्षा पत्रकार प्रकृति अधिकारीले पनि यो पहललाई खुसी मान्दै सहमत जनाएका छन्। उनले भनेका छन्,‘क्या बात शिक्षामन्त्रीज्यू ! शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधिलाई अलग गराउन छलफल थालेकोमा खुसी लागेको छ।’

उनका अनुसार यो मन्त्रालय छुट्याउनु आवश्यक थियो। अहिले शिक्षा मन्त्रालयमा हुँदा विज्ञान तथा प्रविधिलाई अपहेलना गरिएको छ। अपेक्षित विज्ञान तथा प्रविधिसम्बन्धीका योजना,कार्यक्रम र काम हुन सकेको सकेको छैन।

पहिला यसरी गाभिएको थियो शिक्षामा विज्ञान तथा प्रविधि मन्त्रालय

विक्रम संवत् २००७ सालको नेपालको राजनीतिक परिवर्तनपछि शिक्षा मन्त्रालयको स्थापना भएको थियो। राष्ट्रको शिक्षा सम्बन्धी सम्पूर्ण नीति निर्धारण, योजना निर्माण, कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गरी मुलुकभरको शिक्षा क्षेत्रको व्यवस्थापन र सेवा प्रदान गर्ने यस मन्त्रालयको दायित्व र जिम्मेवारी रहेको छ।

शिक्षा मन्त्रालयमा शिक्षा मन्त्रीको मातहतमा राजपत्राङ्कित विशिष्ट श्रेणीका दुईजना सचिवले प्रशासकीय तथा कार्यकारी प्रमुखका रूपमा कार्य गर्छन्। वि सं २०५७ वैशाख ६ गते तत्कालीन श्री ५ को सरकारले शिक्षा मन्त्रालयमा खेलकुद पनि गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय नामाकरण गरेको थियो।

विसं २०६५ साल भदौँ १५ गतेदेखि शिक्षा तथा खेलकुद मन्त्रालयबाट खेलकूद तथा युवा मन्त्रालयको स्थापना भएदेखि पुन शिक्षा मन्त्रालय मात्र कायम रहेको थियो। वि.सं २०७५ सम्म संघीयता कार्यान्वयन गर्नु अघि शिक्षा मन्त्रालयमा कर्मचारीको दरबन्दी १७२ रहेको थियो।

कूल दरबन्दीमध्ये राजपत्राङ्कित विशिष्ट श्रेणी १, प्रशासन सेवा र शिक्षा सेवाका राजपत्राङ्कित प्रथम श्रेणी क्रमशः १ र ४ गरी ५, विभिन्न सेवा र समूहका राजपत्राङ्ङ्कित द्वितीय श्रेणी ३९, राजपत्राङ्कित तृतीय श्रेणी ४१, राजपत्र अनङ्कित प्रथम श्रेणी ३४, राजपत्र अनङ्कित द्वितीय श्रेणी १५ र श्रेणी विहीन ३७ जना रहेका थिए।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको योजना तथा अनुगमन महाशाखा,तथ्यांक नीति तथा अनुगमन शाखाले सार्वजनिक गरेको शैक्षिक सूचना २०७४ अनुसार संघीयता कार्यान्वयन गर्ने क्रममा नेपाल सरकारले देशमा मन्त्रालयको संख्या घटाउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरूप २०७४/१२/१ मा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ३० बाट घटाएर २२ मन्त्रालय कायम गर्दा शिक्षा मन्त्रालयमा विज्ञान तथा प्रविधि मन्त्रालय समेत गाभिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गठन गरिएको हो।

यी नै मन्त्रालय जेनजी आन्दोलनमा आगजनी हुँदा ध्वस्त भयो। त्यहाँबाट सेवा सञ्चालन गर्न सक्ने अवस्था नभएपछि यतिखेर शिक्षा मन्त्रालयको सेवा केशर पुस्तकालय (साविकमा शिक्षा मन्त्रालय रहेको) केशरमहल भवनबाट सेवा सुचारू छ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार मन्त्रालयको सिंहदरबार परिसरमा रहेको भवन मर्मत सम्भार एवं सरसफाइको कार्य सम्पन्न नभएसम्म यसै भवनबाट सेवा प्रवाह हुने छ। हाल यो मन्त्रालयको बागडोर वैज्ञानिक पुनले सम्हालिरहेका छन्।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP