लिगमा आज राति पौने ८ बजे म्यानचेस्टर युनाइटेडले फुलह्यामसँग प्रतिस्पर्धा

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्यूक्यासलविरुद्ध फराकिलो जित निकालेको छ।
एनफिल्डमा भएको खेलमा घरेलु टोलीले न्युक्यासललाई ४–१ को फराकिलो अन्तरले स्तब्ध पारेको हो। लिभरपुलको जितमा ह्युगो एकिटिकेले दुई गोल गर्दा फ्लोरियन विर्ज र कोनाटेले एक–एक गोल थपे।

यो सन् २०२६ मा लिभरपुलको पहिलो लिग जित समेत हो। यस्तै आर्सनलले पनि आफ्नो लयलाई कायम राख्दै लिड्स युनाइटेडलाई ४–० गोलको ठूलो अन्तरले पराजित गरेको छ। अर्को रोमाञ्चक खेलमा चेल्सीले वेस्टह्याम युनाइटेडमाथि ३–२ को कठिन जित निकाल्यो।

ब्राइटन र एभर्टनले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। यससँगै आर्सनल २४ खेलमा ५३ अंक जोडेर शीर्ष स्थानमा छ। म्यानचेष्टर सिटी २३ खेलमा ४६ अंकसहित दोस्रो स्थानमा छ।

न्यूक्यासललाई पराजित गरेको लिभरपुल २४ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा छ। लिगमा आज राति पौने ८ बजे म्यानचेस्टर युनाइटेडले फुलह्यामसँग प्रतिस्पर्धा गर्दैछ भने राति सवा १० बजे टोटेनहम र म्यानचेस्टर सिटी आमनेसामने हुनेछन्।  वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP