च्याम्पियनसिप काभा महिला क्लब भलिबल अन्तरगत उज्बेकिस्तानको हुमो भिसीसँग खेल्दै

नेपाल पुलिस क्लबको महिला भलिबल टोलीले आज काभा महिला च्याम्पियनसिप (काभा महिला क्लब भलिबल) अन्तरगत उज्बेकिस्तानको हुमो भिसीसँग खेल्दैछ।

माल्दिभ्समा हिजोदेखि सुरु भएको प्रतियोगितामा पुलिसले पहिलो खेल खेल्न लागेको हो। खेल नेपाली समय अनुसार बेलुका ५ बजे सुरु हुनेछ। पुलिसले यस पटक न्यु डायमन्डका दुई र एभरेष्ट भलिबलका एक खेलाडी समावेश गर्दै बलियो टिम बनाएर माल्दिभ्स गएको छ।

पुलिसले न्यु डायमण्डका कप्तान सलिना श्रेष्ठ र सुमित्रा रेग्मीसहित एभरेष्टकी मिना सुनारलाई काभा भलिबलका लागि टिममा समावेश गरेको छ।

सलिना घरेलु भलिबलकी उत्कृष्ट लिबेरो हुन् भने सुमिता मिडल ब्लकर हुन्। यस्तै मिनाले ओपन स्पाइकरको भूमिका खेल्नेछन्।

सुमित्राले यसअघि गत वर्षपनि माल्दिभ्समा पुलिस क्लबबाटै काभा महिला क्लब भलिबल खेलेकी थिइन्। जहाँ पुलिसले उपाधि जितेको थियो।

कप्तान कमला पुन र सरस्वती कट्टेल सेटरमा छन् भने शान्तिकला तामाङसँगै सलिना लिबेरोको भूमिकामा हुनेछन्।

सलिनाको कप्तानीमा रहेको न्यु डायमण्डले यस वर्ष घरेलु भलिबलमा लगातार तीन उपाधि जित्दै ह्याट्रिक गरेको थियो। केही दिनअघि मात्रै न्यु डायमन्डले पुलिसलाई नै पराजित गर्दै पोखरामा छैटौं टाइगर कप भलिबलको उपाधि जितेको थियो। जहाँ सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।

यस्तै मिडल ब्लकर सुमित्रालाई क्विकमा कोपाल राना र एलिसा मानन्धरको साथ हुनेछ।

आउटसाइड हिटरमा उषा भण्डारी, पुनम चन्द, मिना सुनार र आशिषका तामाङ छन् भने अपोजिटमा कामना विष्ट, रिमा कुँवर र लक्ष्मी चन्द हुनेछिन्।

२७ गतेसम्म हुने काभा महिला क्लब भलिबलमा नेपालको पुलिस क्लबसहित कूल ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

सुरुमा यो प्रतियोगिता नेपालमै हुने तय थियो। तर नेपालमा जेनजी आन्दोलनपछि सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) ले प्रतियोगिता माल्दिभ्समा सारेको हो।

सेन्ट्रल एसियाका १४ सदस्य राष्ट्रमध्ये ६ राष्ट्रका उत्कृष्ट टिमहरु माल्दिभ्सको माले पुगेका छन्। आयोजक माल्दिभ्सकाट क्लब वाम्को र हुरा कम्युनिटी क्लब गरी दुई क्लब छन्।

७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह बी मा नेपालको पुलिस क्लब र माल्दिभ्सको हुरा कम्युनिटी क्लबसँगै उज्बेकिस्तानको हुमो भिसी र इरानको फुलोड मोबाराकेह सेपाहान क्लब छन्।

समूह ए मा माल्दिभ्सको क्लब वाम्कोसहित श्रीकंकाको हिर्दारामानी स्पोर्ट्स क्लब र काजखस्तानको टुरान भिसी छन्।

नेपालले भोलि इरानको फुलोड र आइतबार हुरासँग खेल्नेछ। सेमिफाइनलका खेल सोमबार हुनेछन् भने उपाधिका लागि मंगलबार प्रतिस्पर्धा हुनेछ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP