Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

विजयनगरमा आशा लघुवित्त वित्तीय संस्थाद्वारा साक्षरता तालिम

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ४ चैत्र ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा समुहमा आबद्ध भएका महिलालाई लक्षित गर्दै वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

विशेषगरी लघुवित्त समुहमा आवद्ध महिलाहरूलाई बचत, ऋणको सही प्रयोग, आम्दानी व्यवस्थापन तथा आर्थिक आत्मनिर्भरता सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएकाे आशा लघुवित्त वित्तीय संस्था प्रेमनगरका शाखा प्रमुख इन्द्र बहादुर चाैधरीले जानकारी दिए ।

कार्यक्रमलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सम्बोधन गर्दै महिलाहरूको आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरता अत्यन्त आवश्यक रहेको बताए । उनले उत्पादनमुलक तथा व्यावसायिक प्रयाेजनका लागि मात्रै ऋण लिनुपर्नेमा जाेड दिए । महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाज दुबै सुदृढ बन्ने बताउँदै नियमित बचत गर्नुपर्ने आवश्यक रहेकाेे उनलेे बताए ।

यस्तै वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर कलवारले लघुवित्तमार्फत महिलाहरूले उद्यमशीलतामा अघि बढ्न सक्ने उल्लेख गर्दै तालिममा सिकेका सीप व्यवहारमा उतार्न आग्रह गरे । उनले सीप र ज्ञानलाई व्यवहारमा लागू गर्न सके मात्र यसको वास्तविक उपलब्धी देखिने बताए ।

यसैगरी अग्नी प्रसाद सापकोटाले साना-साना बचत र सही लगानीले भविष्य सुरक्षित बनाउन मद्दत गर्ने बताउँदै वित्तीय अनुशासनमा जोड दिए । उनले नियमित बचत र योजनाबद्ध खर्चले आर्थिक अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञानले दैनिक जीवनमा आर्थिक व्यवस्थापन गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमलाई केन्द्रीय कार्यालयका स्टेशन प्रमुख राजेश भण्डारीकाे सहजीकरणमा साक्षरता कार्यक्रम गरिएको थियोे ।

कार्यक्रममा अस्थायी प्रहरी पाेष्ट खडैचाका असई खिम बहादुर बगाले, आशा लघुवित्त वित्तीय संस्था प्रेमनगरका शाखा प्रमुख इन्द्र बहादुर चाैधरी, ताैलिहवा शाखाका प्रमुख राज कुमार चमार लगायतकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP