Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

कपिलबस्तुमा उपनिर्वाचनको चहलपहल वढयो


माधव बेल्वासे
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा एक वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएपछी चहलपहल सुरु भएको छ । आउने मंसिर १४ गते हुन लागेको उपनिर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले जनाएको छ ।
शिवराज नगरपालिका वडा नं. १० की वडा अध्यक्ष शकुन्तला भारतीको क्यन्सरका कारण निधन भएको थियो । त्यहाँ वडाध्यक्षको पद रिक्त छ ।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचन जितेका थिइन । शिवराज नगरपालिकामा ११ वटा वड़ा रहेको सबै वडाहरूमा पुरूष निर्वाचित भए पनि वहा एक मात्र महिला वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । अहिले लालपुरमा चुनावी माहोल तातेको छ । विभिन्न राजनितिक दलले अहिले सक्रियता दिएका छन। नेपाल कम्युनिष्ट पाटी नेकपा, नेपाली काग्रेस ,समाजवादी पाटी नेपाल र राजपाले अहिले सक्रियता देखाएका छन । गत निवार्चनमा स्वतन्त्र उम्मेदवार निवार्चीत भएपछी अहिले राजनितिक दलहरुले वढी सक्रियता देखाएका हुन ।


गत निर्वाचनमा भारतीले ३ सय १९ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तिर्थ बहादुर रायमाझीले २ सय ३० मत प्राप्त गरेका थिए । भारतीका छोरा देवराज भारती अहिले नेपाली काग्रेसमा प्रवेश गरेका छन । उनि पनि उम्मेदवारको आकाक्षी रहेका छन । नेपाली काग्रेस वाट रायमाझीहरुको तर्फ वाट एक जनाले उम्मेदवार आन्तरिक तयारी रहेको छ । समाजवादी पाटीले भने काग्रेसले टिकट नदिएका उम्मेदवारलाई पार्टीमा प्रवेश गराई उम्मेदवार बनाउने तयारी छ । यता राजपाले राष्ट्रिय सचिव रविदत्त मिश्र कि श्रीमतिलाई उम्मेदवार बनाउने चर्चा रहेको छ । नेकपाले भने अहिले सम्म पार्टीका नेता कार्यकतालाई भेटघाटको काममा व्यस्त रहेको छ । चुनावी माहोल वुुजेर उम्मेदवार बनाउने नेकपाका एक नेताले वताए ।


उक्त वडामा ११ जना वडा अध्यक्षमा उम्मेदवार रहेकोमा स्वतन्त्रबाट ५, अन्य दलबाट ६ जसमा नेपाली कांग्रेस, माओबादी केन्द्र, एमाले, संघिय समाजबादी फोरम, फोरम लोकतन्त्रीक, राष्ट्यि प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षमा लडेका थिए ।
सो वडाको गत निर्वाचनमा जम्मा १ हजार ९ सय ६५ मतदाता रहेपनि १ हजार ३ सय ४१ मत खसेको थियो । संघ प्रदेश र स्थानिय चुनाव पछि गत साउन सम्म २ सय २८ मतदाता नंया थपिएका छन् । नँया थपिएका मतदाता मध्ये १८ वर्ष पुरा भएका १ सय ३६ जनाले हुने निर्वाचनमा मात हल्न पाउने छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP