Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

खाडी र मलेसियाबाट धमाधम फर्कंदै नेपाली, मंगलबार मात्रै ११ सय ७४ जना स्वदेश आइपुगे

काठमाण्डौ – आज खाडी र मलेसियाबाट विभिन्न सात उडानमार्फत ११ सय ७४ जना नेपाली स्वदेश आइपुगेका छन् ।

कुवेतबाट तीन उडानमार्फत ४६८ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४९ जना र आममाफीमा सहभागी ३१९ जना जजिरा एअरको दुई उडानमार्फत आज स्वदेश फर्किएका हुन् ।

यस्तै आज साउदीबाट पनि दुई उडानमार्फत नेपालीहरु स्वदेश आएका छन् । नेपाल एअरलान्सको चार्टर्ड उडानमार्फत साउदीको रियादबाट २५२ जना र हिमालयको चार्टर्ड उडानमार्फत दमामबाट १५४ जना घर फर्किएका हुन् । दमामबाट २ र रियादबाट १ जना नेपालीको शव पनि ल्याइएको छ ।

हिमालय एअरलाइन्सकै चार्टर्ड उडानमार्फत आज यूएईको आबुधावीबाट पनि दुई बच्चासहित १५५ जना नेपाली स्वदेश आएका छन् भने मलेसियाको क्वालालाम्पुरबाट १४८ जना फर्किएका विमानस्थलले जनाएको छ ।

यतै आज राति नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज यूएईको दुबई र कतारको दोहा जाँदैछन् ।

भोलि कहाँ कहाँबाट आउँदैछन् नेपाली ?

भोलि बुधबार नेपाली ल्याउन र लिन जानका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ । खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कंदैछन् । कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थलले उल्लेख गरेको छ ।

बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउनेछन् । नेपाल एअरलाइन्समार्फत यूएईको दुबईबाट नेपालीहरु फर्कंदैछन् भने हिमालय एअरलाइन्समार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कनेछन् । भोलि साउदी, यूएई, मलेसिया लगायतका देशमा नेपाली लिन जहाज जानेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP