Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सिन्धुपाल्चोकको जम्बुमा १५ घर बग्यो, २ जनाको शव भेटियो,१८ जना बेपत्ता

सिन्धुपाल्चोक

अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ । १८ जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको जम्बुको ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा १५ घर बगाएको हो ।

दुई जनाको शव भेटिएको र १८ जना सम्पर्क बिहिन भएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

२० वर्षका निकेश बस्नेत र उहाँका ३ वर्षीया छोरीको शव भेटिएको स्थानीयले बताएका छन् । अन्यको खोजी भइरहेको छ । खोजीका लागि सुरक्षाकर्मी र स्थानीय जुटेका छन् ।

गए रातिदेखिको अबिरल बर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । उद्दारका लागि निस्किएको नेपाली सेना र प्रहरी जबमुसम्म पुग्न सक्ने अवस्था नभएकोले उद्दारको काम समयमै हुन नसकिरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

‘केही मानिसहरू हराईरहेको सूचना छ, हामी घटनास्थल जाँदैछौँ’ – ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले भन्नुभयो ।

बाह्रबिसे नगरपालिकाका उपप्रमुख शुसिला पाख्रिनका अनुसार बाह्रबिसेको खोर्सानीबारी भन्दा माथितिर जान सकिरहेको छैन । टेलिफोन अवरुद्ध भएको पनि पाख्रिनले बताउनुभयो ।

भोटेकोसी नदिको बहाव बढेकाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गर्नुभएको छ ।

यसैबीच, अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP