Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कतारमा समस्या परेको छ ? अबदेखि दूतावासका यी नम्बरमा फोन गर्नुहोस्

काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले समस्या अनुसारका फोन नम्बरहरु तोकेको छ । यसअघि कायम रहेका विभिन्न मोबाइल नम्बरहरु अब कायम नरहेको भन्दै दूतावासले नयाँ नम्बरमा मसस्या अनुसारका आफ्नो गुनासा राख्न भनेको हो ।

अब ४४६७५६८९ मा फोन गरी आफ्नो समस्या र जिज्ञासा अनुसारको एक्सटेन्शन नम्बर डायल गरी सेवा लिन सकिनेछ ।

– रोजगारीजन्य समस्याका लागि ११५ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– कम्पनीमार्फत नेपाल फर्कने प्रक्रियाका लागि १६६ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– आफन्तको मृत्यु भइ काजकिरियाका लागि नेपाल फर्कंन पर्नेले १११ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– कोरोना बाहेक जटिल स्वास्थ्य समस्या भइ तत्काल नेपाल फर्कनुपर्ने भएमा ११३ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– पर्यटक तथा पारिवारिक भिसामा कतारमा रही तत्काल नेपाल फर्कनुपर्ने भएमा १०५ एक्सटेन्शन नम्बर तोकिएको छ ।

–नेपालीको मृत्यु तथा शव लैजाने विषयका बारेमा ११४ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– नेपाल जानुपर्ने र ट्राभल डकुमेन्ट आवश्यक भएमा ११० एक्सटेन्शन नम्बर तोकिएको छ ।

– श्रम सहचारीका लागि ११९ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– लेखा शाखाका लागि १०९ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– अन्य जानकारीका लागि ० मा फोन गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । यी नम्बरमा फोन गरेर आफ्नो समस्या राख्दा दूतावास नै आउन नपर्ने गरी व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

सार्वजनिक बिदाको दिन बाहेक हरेक आइतरबादेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दूतावास खुल्ला रहने हुँदा त्यही समयमा फोन गर्न अनुरोध गरिएको छ । ४ जुनमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएका मोबाइल नम्बरहरु ३३८८०३२१, ६६९६३६१६, ६६९५०७२४, ७०४५३३८८ र ३३५६०११७ (ह्वाट्स्एप) अब प्रयोगमा नरहेको दूतावासले जनाएको छ ।

अहिलेसम्म मार्च २ सम्म रोजगारी सकिएका व्यक्तिहरुको नामावली प्रकाशन गरेको र त्यसमध्येमा धेरैजसो नेपाल फर्किसकेको र अब पनि क्रमैसँग प्राथमिकताको आधारमा नामावली प्रकाशन गर्ने दूतावासले जनाएको छ ।

आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल जानु पर्ने, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्नसमेत), पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएका बाहेक कतार आइडी र भिसा समाप्त भएका वा आइडी रद्द भएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका र वार्षिक र बेतलबी बिदामा रहेकाहरुको हकमा रोजगारी समाप्त भएको मिति र नेपालबाट तय हुने उडानको संख्या र मितिको आधारमा प्राथमिकताको सूची तय गर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP