Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तु जिल्ला आज खुल्ला दिसामुक्त घोषणा संगै प्रदेश ५ को लागि बाटो खुलेको छ

मनिष गुप्ता
कपिलवस्तु
कपिलवस्तु जिल्ला कै कारण प्रदेश ५ खुला दिसामुक्त हुन नसकेकोले आज जिल्लालाई खुला दिसामुक्त घोषणा गरिदै छ । जिल्ला खुला दिसामुक्त घोषणा गर्नु पूर्व जिल्लाका सबै स्थानीय तह खुला दिसामुक्त घोषणा भैसकेका छन् ।


नेपाल सरकारले सन २०१५ भित्र सिंगो मूलुकलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, सरकारको लक्ष्य तोकिएको समयमा पूरा हुन सकेन् । सरकारले यही असोज १३ गते सिंगो मूलुकलाई नै खुल्ला दिसा मुक्त भएको घोषणा गर्दै छ । यही क्रममा कपिलवस्तुमा अभियानले तीव्रता पाएको हो ।


जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नु पूर्व दुई दिनमा दुई नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । आइतबार कृष्णनगर नगरपालिका र सोमबार कपिलवस्तु नगरपालिका खुला दिसामुक्त घोषणा भएका छन् ।


कपिलवस्तुमा खुला दिसामुक्तको अभियान २०६७ साल देखि सुरु भएको थियो । तर, अभियानमा करोडौं रकम खर्च गरेपनि अभियानले सार्थकता पाउन सकेको थिएन् । जिल्लामा पटक पटक खुला दिसामुक्त घोषणा गर्ने मिति तोकिए पनि घोषणा हुन सकेको थिएन ।


खानेपानी कार्यालयका इन्जिनियर किरण न्यौपानेले राष्ट्ले लिएको लक्ष्य कपिलवस्तुमा पनि पूरा हुन लागेको भन्दै खुसी व्यक्त गरेका छन । तोकिएको समय भित्र अभियान नसके पनि अहिले हुन लागेको भन्दै पत्रकारलाई यस विषयमा कलम चलाएर सघाउन आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका समन्वय अधिकारी जगन्नाथ लामिछानेले तौलिहवामा भव्य समारोहको आयोजना गरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्न लागिएको बताउनुभयो । कार्यक्रममा प्रदेश नं। ५ का प्रदेश प्रमुख उमाकान्त झा आउनुहुने उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले सबैको सहयोगले जिल्लालाई सामाजिक विकासमा ठूलै सफलता दिन थालिएको भन्दै खुसी व्यक्त गर्नुभयो । मानव स्वास्थ्यमा पानी र सरसफाईको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले यसमा जिल्लाले फड्को मार्न लागेको बताउनुभयो । अझै पनि पूर्ण रुपमा शौचालय निर्माण नभएको र बनेका शौचालय पनि प्रयोगमा नआएको भन्दै आगामी दिनमा यसमा ध्यान दिने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP