Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

काँग्रेसको जागरण अभियान जनताका लागि नभई नेताहरुका आवश्यक

डडेल्धुरा

डडेल्धुराबासीले काँगेसको जागरण अभियान जनतालाई नभई नेताहरुलाई आवश्यक रहेको सुझाव दिएका छन् । पार्टीभित्रका गुट उपगुटको कारणले काँग्रेस धराशायी बन्दै गएको भन्दै समस्या नेतृत्वमै रहेको उनीहरुको टिप्पणी छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुराका अधिकांश जनताले पार्टीको नेतृत्वप्रति व्यापक गुनासो गरेका छन् ।गुटबन्दीमै रुमल्लिँदा पार्टी कमजोर भएको भन्दै जागरण अभियान जनतामा नभई नेताहरुकै लागि चलाउनुपर्ने सुझाव दिएका छन् ।

समाजवादका प्रणेता स्व। विश्वेश्वर प्रसाद कोइरालाको १०६ औँ जन्मजयन्ती अवसरमा सुरु भएको दोस्रो चरणको जागरण अभियानमा नेतृत्वमै समस्या रहेको प्रतिक्रिया आएको छ ।काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामै आन्तरिक गुटले धराशायी बन्दै गएकाले सर्वसाधारणले देउवाप्रति चरम आक्रोश व्यक्त गरेका छन् ।

आन्तरिक पार्टी सुदृढीकरणका लागि जनतासमक्ष पुगेर सुझाव संकलन र सरकारका गलत गतिविधिको भण्डाफोर गर्ने उद्देश्यका साथ गरिएको जागरण अभियानमा गुटबन्दी अन्त्य गर्नुपर्ने सुझाव आएको छ ।नेताहरु हार्दिक रुपले एकता नभएसम्म जनताको विश्वास जित्न नसकिने भन्दै केन्द्रदेखि जिल्लासम्मका नेता सच्चिनुपर्ने स्थानीयको धारणा रहेको थियो ।

माथिल्लो तहका नेताहरुको कार्यशैली तल्लो तहमा पनि अनुशरण हुने भएकाले पार्टीको शुद्धीकरण केन्द्रबाटै हुनुपर्ने जनताको धारणा देखिन्छ ।गुटबन्दीको खेलले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता समेत विभेदमा पर्ने भएकाले पार्टीप्रति जनताको भरोसा नरहने अधिकांशको सुझाव रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP