प्रिमियर लिगमा आर्सनलमाथि टोटनह्यामको जित

 इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले आर्सनललाई पराजित गरेको छ । आइतबार राति भएको नर्थ लण्डन डर्बीमा टोटनह्यामले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

 एक गोलको अग्रता उल्टाएर टोटनह्यामले जित निकालेको हो । खेलको १६ औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको १९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटनह्यामलाई २–१ को जित दिलाए ।

जितसँगै टोटनह्याम लिगको आठौं स्थानमा उक्लिएको छ । टोटनह्यामले ३५ खेलमा ५२ अंक जोडेको छ ।

५० अंक जोडेको आर्सनल नवौं स्थानमा झरेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP