Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

आज नागपञ्चमी : किन गरिन्छ नागको पूजा ?

आज नागपञ्चमी । ज्योतिषीय गणनामा सबै चाडपर्व चन्द्रमाको गतिअनुसार गणना हुन्छन् । त्यसकारण हरेक वर्षको  साउन महिनाको शुक्लपक्षमा पर्ने पञ्चमी तिथिलाई नागपञ्चमीको रुपमा मनाइन्छ ।

तर भारतका केही स्थानहरुमा श्रावण कृष्ण पञ्चमी तिथिमा पनि नाग पञ्चमी मनाइन्छ । तर नागपञ्चमी श्रावण शुक्ल पञ्चमीको दिनमा नै मनाउन श्रेयस्कर देखिन्छ । यस दिन नाग तथा सर्पको पूजा गरिन्छ । विशेष गरेर नागको पूजा गरिने पर्व भएकाले नै यस दिनलाई नागपञ्चमी भनिएको हो । यस दिन नागलाई दूधले नुहाएर पूजा गर्ने गरिन्छ । 

विभिन्न पुराणहरुमा नागको महत्वको बारेमा बताइएको छ भने शास्त्रको आधारमा नै नागपञ्चमी व्रत मनाइने चलन बसेको देखिन्छ । भविष्योत्तर पुराणमा आजको दिन नागहरुको पूजा गर्नाले अभय मिल्दछ भन्ने कुराको उल्लेख गरिएको छ । वेदमा पनि नागलाई देवताको रुपमा पूजा गर्ने परम्परा रहेको भेटिन्छ । नागलाई पूजा गर्ने वेदका मन्त्रहरु निकै महत्वपूर्ण मानिन्छन्।

ज्योतिष तथा वास्तु शास्त्रअनुसार पानीको लागि उत्तम स्थान पूर्व उत्तरको भाग इशान दिशालाई महत्वपूर्ण मानिन्छ । यसैले काठमाण्डौको पशुपतिनाथ मन्दिरको पूर्वउत्तरको दिशामा वासुकी नागको मन्दिर छ । त्यहाँ पनि नागपञ्चमीको दिन विशेष पूजा गरिन्छ । 

आजको दिन देशभरका नागपोखरी र नागमन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो हुन्छ ।  नागको मन्दिर भएको ठाउँमा मन्दिरमा नै गएर नागको पूजा गरिन्छ भने नभएको ठाउँमा पनि गोबरको नाग बनाएर पूजा गरिन्छ । यसरी बनाएको नागको पूजा गर्दा दियो, कलश, गणेशको पूजा गरिन्छ र बनाइएको नागलाई दूधले नुहाइ लावा, कपास, दुबोलगायतले पूजा गरिन्छ । 

नेपाली समाजमा त नागलाई गाईको भन्दा पनि चामल पिनेर बनाएको दूध चढाउने चलन छ । यसैगरी आजको दिन सबैले नागको फोटो भए पनि आफ्नो घरको ढोकामाथि टाँस्नाले नागको डर हुँदैन । त्यसकारण आजको दिन सबैले घरको ढोकामाथि गोबर लगाएर नागको तस्विर टाँस्दछन् ।

यसरी नागपूजा गर्नाले नाग देवता प्रसन्न भई नाग दोष नलाग्ने शास्त्रहरुमा वर्णन गरिएको छ । आजको दिन विशेष गरेर ८ नागको पूजा गरिन्छ ।

१) अनन्त, २) वासुकी, ३) पद्म, ४) महापद्म, ५) तक्षक, ६) कुलीर, ७) कर्कट र ८) शंख नाग । साथै नागहरुको माता मनसा देवीको पनि आज पूजा गर्नुपर्दछ । आजको दिन यी नागहरुको पूजा गरेमा मानिसको जन्मकुण्डलीमा भएका नाग दोषहरु पनि समाप्त हुन्छन् भन्ने विश्वास छ । 

हाम्रो देश कृषि प्रधान देश हो । नाग र सर्पहरुले खेतको संरक्षण गर्दछन् । त्यसकारण नागलाई क्षेत्रपाल पनि भनिन्छ । मुसा, लगायतका जीवजन्तुबाट खेतीको रक्षा गर्ने भएकाले पनि नागको पूजा गरिन्छ । नाग पञ्चमी सदियौँ पहिलेदेखि सुरु भएको हुनाले यो पर्व कहिले देखि सुरु भयो भन्ने प्रश्नको जवाफ  छैन । 

नेपालको सन्दर्भमा हेर्ने हो भने पनि लिच्छवीकालीन, मल्लकालीन दरबारको  पूर्व उत्तरमा या कुनै न कुनै ठाउँमा नागपोखरी बनाइएको नै हुन्छ । भक्तपुर दरबार, पाटन दरबार, हनुमान ढोका दरबारमा हेर्न सकिन्छ ।

नारायणहिटी दरबारको पनि पूर्व उत्तर दिशामा नाग पोखरी छ । यसलाई पनि निकै शक्ति भएको नाग मानिन्छ । त्यसकारण पहिले पहिलेका राष्ट्रप्रमुखहरुले आफ्नो देशको सुरक्षा र समृद्धिको लागि पनि नागलाई यतिधेरै महत्व दिएका हुन् भन्ने बुभिन्छ । पुराणहरुमा नागहरुको बारेमा धेरै चर्चा छ । शक्तिशाली नागको शीरमा नागमणि पनि हुन्छ । नागमणिलाई अत्यन्तै दुर्लभ मणि मानिन्छ ।

नागले गाडिएको धन सम्पत्तिको पनि रक्षा गर्छ । कलियुग प्रारम्भको समयमा राजा परिक्षितको मृत्यु पनि तक्षक नाग बनेको थियो । भागवत महापुराणका अनुसार भगवान कृष्णले कालीय नाम गरेको नागबाट व्रजवासीहरुलाई रक्षा गर्नुभएको थियो । नागहरुले भगवानको प्रार्थना पनि गरेको प्रसंग छ । 

भगवान शिवले पनि आफ्नो गलामा वासुकी नागको माला लगाउनु भएको छ भने भगवान् विष्णु  हजारौँ फणा भएको नागमा सुत्नुहुन्छ । नागको विशेष महिमाको कारण नै नागको यति धेरै चर्चा हाम्रा शास्त्रहरुमा भएका छन् । 

यस्तै विभिन्न कारणहरुले गर्दा नागपञ्चमीका दिन देशका विभिन्न नाग मन्दिरहरुमा र घरका ढोका ढोकामा नागको पूजा गर्ने चलन छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP