Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बाख्रा चराउन गएका दुई बालिका पोखरीमा मृत भेटिए

जनकपुरधाम । सर्लाहीमा बाख्रा चराउन गएका दुई बालिका पोखरीमा मृत भेटिएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिकामा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।

ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेका हुन् ।

उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी गर्ने क्रममा स्थानीय प्रकाश महतोले खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान सुरु गरेको प्रवक्ता कुँवरले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP