काठमाण्डाै – दक्षिण एसियाली चार देश नेपाल, भारत, बङ्गलादेश र भुटानमा भर्खरैकाे बाढी तथा पहिरोका कारण सात सय बालबालिकाको ज्यान गएको छ । ४० लाख बालबालिका प्रभावित भएका छन् ।
संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफका अनुसार बाढी पहिरोका कारण ४० लाख बालबालिका प्रभावित भएका छन् भने कोरोना महामारीको कारण उद्धार, राहत र पुनर्स्थापनामा थप समस्या भएको छ । दक्षिण एसियाको लागि युनिसेफका क्षेत्रीय निर्देशक जिन गफले प्रभावित केही क्षेत्रमा देखिएको कोरानाको सङ्क्रमण, त्यसको नियन्त्रण र रोकथामका लागि अपनाउनु पर्ने सावधानीको कारण जटिलता थपिएको बताउनुभयो ।
सडक, पुल, रेल मार्ग तथा विमानस्थलमा पुगेको क्षतिका कारण थुप्रै क्षेत्रहरू पहुँचबाहिर रहेका कारण उद्धार राहतमा कठिनाइ भएको युनिसेफले जनाएको छ ।
युनिसेफले प्रभावित बालबालिका तथा परिवारहरूका तात्कालीन आवश्यकता पूरा गर्नको लागि सम्बन्धित सरकार र मानवीय सहायता संस्थासँग स्थलगत रूपमै निकट समन्वय गरिरहेको तर कोरोना महामारी तथा त्यसको नियन्त्रण र रोकथामका सावधानीहरू पालना गर्नुपर्ने हुँदा प्रतिकार्यलाई थप जटिल बनाइदिएको जनाएको छ ।
नेपालमा असार २५ गतेयताको बाढी पहिरोले २० जिल्लाका दश हजार जना प्रभावितमध्ये आधाजसो बालबालिका रहेका छन् । सात हजार पाँच सय बालबालिका विस्थापित भएका युनिसेफले जनाएको छ ।
बङ्गलादेशमा मात्रै बाढीबाट १३ लाख बालबालिकासहित २४ लाख मानिसहरू प्रभावित भएको अनुमान गरिएको छ । भारतमा विहार, असाम, उडिशा, गुजरात, महाराष्ट्र, मध्य प्रदेश, केरला, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बङ्गालमा गरी बाढीबाट प्रभावित ६० लाख मानिसमध्ये २४ लाख बालबालिका रहेको अनुमान गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया