Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

घर फर्कन टिकट नपाएको श्रमिकको गुनासो, दूतावास भन्छन् : उडान सङ्ख्या बढेपछि सहज हुन्छ

काठमाण्डौ – कोरोनाको महामारीका कारण विदेशमा काम र कमाइ नभएपछि झण्डै ३५ हजार नेपाली स्वदेश फर्किएका छन् ।

अझै हजारौं श्रमिक घर फर्कने बाटो हेरेर बसिरहेका छन् । कोरोनाको डर र काम गुमेपछि बिहान बेलुकाको छाक टार्न समेत अरुकै भर पर्नुपरेको बेला यस्तो समस्यामा परेका श्रमिकलाई लिन नेपालबाट जहाज जान थाले । समस्यामा परेका नेपाली घर फर्कन पाउने खुशीले फुरुङ्ग भए । रोग, भोक, शोक र अत्यासलाई गाउँघरको माया, आशा र उत्साहले जित्यो । 

समस्यामा परेका नेपाली लिन नेपालबाट जहाज पनि गए, कतिपय विदेशी कम्पनीका जहाजले पनि नेपाली लिएर फर्किए । तर ती जहाजबाट घर फर्कन धेरैले टिकट पाएनन् । आफ्नै खर्चमा टिकट काटेर फर्कन्छु भन्दा पनि टिकट नपाएपछि श्रमिकहरु निराश भए् ।

खल्ती रित्तिंदै छ । पासपोर्टमा लागेको भिसा र करारको म्याद सकिएको छ । अब ढिला गरे कानुनी कारबाहीमा पर्ने डर छ । तर घर फर्कने पालो कहिले आउँछ भन्ने ठेगान छैन । किन यस्तो समस्या भइरहेका छ त ? आफैं पैसा तिरेर घर फर्कन्छु भन्दा पनि श्रमिकले किन टिकट पाएनन त ? 

सरकारले उडानको सङ्ख्या बढाइदिए सबैलाई पठाउन तयार छौं 

प्रा डा. महेन्द्रप्रसाद सिंह राजपुत
राजदूत, साउदी अरेबिया ।

जो यहाँबाट घर फर्कन चाहनुहुन्छ उहाँहरुलाई जतिसक्यो छिटो जान पाए हुन्थ्यो भन्ने छ । यो स्वभाविक पनि हो । तर समस्या के छ भने उडान नै सीमित छ । अहिले जसको नाम लिस्टमा आएको छ उहाँहरुको गुनासो उड्न पाइएन भन्ने छ ।

जसको नाम आएन उहाँहरुको गुनासो हाम्रो नाम दूतावासले किन निकालेन भन्ने छ । साउदीमा रहेका नेपालीमध्ये अहिलेसम्म १७ हजार जनाले घर फर्कने इच्छा र कारणसहित निवेदन दिनुभएको छ । उहाँहरुमध्ये हामीले सरकारको प्राथमिकता अनुसार छनोट गर्दा ११ हजार ५ सय १५ जनाको सूची प्रकाशित गरेका छौं । 

उहाँहरुमध्ये झण्डै ५ हजार फर्कनुभयो । तर बाँकीले त कुर्नुपर्ने अवस्था छ । यो अवस्थामा श्रमिकलाई छिटो घर जान पाए हुन्थ्यो भन्ने हतारो पनि छ । अनि टिकटको समस्या पनि छ । 

तर जसको नाम प्राथमिकतामा परेको छ, उहाँहरु ढुक्क हुँदा हुन्छ । अहिले पनि उडानहरु रोकिएका छैनन् । भइनै रहेको छ । अगष्टको पहिलो हप्ता पाँच सात उडान हामीले पाएका छौं । त्यसबाट पनि १५ सय, दुई हजार जना जान पाउनुहुन्छ । 

तर समस्या के भयो भने बाँकीले त अझै केही समय कुर्न पर्छ । चार्टर्ड उडान नै सीमित सङ्ख्यामा छ । सिट पनि सीमित नै छ । हामीले पनि के गर्ने ? प्राथमिकतामा पर्नेको नाम निकालिदिएका हौं । जसको नाम निस्कियो, उहाँहरु जान त पाउनुहुन्छ नि । नाम प्राथमिकतामा परेपछि धेरै कुरामा फाइदा पनि छ । उहाँहरुले क्लियरेन्स पाउनुहुन्छ । अर्को फाइदा के भयो भने काठमाण्डौसम्म यो नामको भ्यालिडिटी कायम रहन्छ । हामी एक दिन पनि विना काम बिताएका छैनौं । निरन्तर श्रमिक दाजुभाइकै सहजताका लागि खटिरहेका छौं । तर पनि साउदीजस्तो देश यहाँ समस्यामा धेरै हुनुहुन्छ र घर फर्कन खोज्ने पनि धेरै हुनुहुन्छ भने पनि यस्ता ठाउँमा उडानको सङ्ख्या बढाइदिनु पर्‍यो । 

स्रोत साधन नै सीमित छ । चार्टर्ड उडानहरु नै सीमित छ । हामीले मागेजति उडानहरु सरकारले दिने हो भने हामी जान खोज्ने सबैलाई पठाउन सक्छौं । हामी तयारी अवस्थामा छौं । हामी तयार नभएर होइन, उडान नै सीमित भएर हो । 

हामी एक दिन पनि विना काम बिताएका छैनौं । निरन्तर श्रमिक दाजुभाइकै सहजताका लागि खटिरहेका छौं । तर पनि साउदीजस्तो देश यहाँ समस्यामा धेरै हुनुहुन्छ र घर फर्कन खोज्ने पनि धेरै हुनुहुन्छ भने पनि यस्ता ठाउँमा उडानको सङ्ख्या बढाइदिनु पर्‍यो । 

जहाँ समस्या छैन त्यहाँको उडानहरु बच्यो नि त । जस्तो बहराइन र ओमानजस्ता देशमा समस्या कम छ । त्यहाँको उडान यता थप्ने हो भने उडान छिटो हुने थियो । हामी पनि चाहन्छौं सबैलाई पठाउन तर उडान सङ्ख्या नै कम छ त के गर्ने ? सबैले आफ्नो तर्फबाट तयारी गरेका छौं ।

अब मलाई लाग्छ, अबको एक, डेढ महिनामा सबै कुरा ठिक हुन्छ । ५, ७ हजार मान्छे जानुपर्ने हुनुहुन्छ, उहाँहरु अबको एक महिनामा घर पुग्नु हुनेछ । यो सातामा पनि हामी पठाउँदै छौं । तर अब नियमित उडान भयो भने चाहिँ यो समस्या समाधान हुनेछ ।

 अर्को कुरा श्रमिक दाजुभाइहरु नआत्तिनुहोस् । साउदीले अझै पनि कोभिडका कारण भिसा, करार लगायतका कारण जरिवाना गर्ने भनेको छैन । तपाईँहरू विना दण्ड जरिवाना नै फर्कन पाउनुहुनेछ । हामीले तपाईँहरूको समस्यालाई गम्भीरताका साथ लिएका छौं ।

सरकारलाई अनुरोध पनि गरेका हाैं । तर भनेको बेला फर्कन नपाउँदा अलिअलि गुनासो आउँछ । यो स्वभाविक पनि हो । नियमित उडान खुलेपछि यो समस्या समाधान हुन्छ । आफ्नो इच्छा अनुसार टिकट काटेर फर्कन पाउनुहुनेछ ।  

नियमित उडान सुरु भएपछि समस्या समाधान हुने विश्वास लिएको छु

कृष्णप्रसाद ढकाल
राजदूत, यूएई ।

अहिलेसम्म यहाँ समस्यामा पर्नुभएका ८ हजारभन्दा धेरैलाई पठाउन सफल भयौं ।

​हामीले सम्बन्धित सबै पक्षसँग समन्वय गरेर, सबैको सहयोग र समन्वयमा नै उहाँहरुको स्वदेश फिर्ती गरेका हौं । यहाँबाट नेपाल फर्कन खोज्नेको सङ्ख्या ठूलो छ । दूतावासले उहाँहरुको चाहना पूरा गर्ने काम गरिरहेको छ ।

नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा सबैभन्दा धेरै समस्यामा रहनुभएकाहरुलाई क्रमबद्ध रुपमा पठाएका छौं । र आगामी दिनमा पनि फर्कन चाहने र फर्कने दिन कुरिरहनुभएकालाई हामी पठाउने छौं ।  जति जना कुरिरहनुभएको छ, उहाँहरुलाई पनि चाँडै नै पठाउन हामी लागि परेका छौं ।

अब नेपाल सरकारले चाँडै नै नियमित उडान सुरु गर्दैछ । सरकारले उडान खोल्यो भने नेपालीहरुलाई सहज रुपमा नेपाल पठाउन सकिन्छ भन्ने विश्वास छ । यो बीचमा निकै समस्यामा पर्नुभएका, खान बस्नै समस्या भएका, गर्भवती, बिरामीहरु पनि घर फर्कनु भएको छ ।

अब नियमित उडानहरु हुन्छन्, त्यसबाट त झन छिटो हुने हामीले विश्वास लिएका छौं । अझ पनि कोही एकदमै समस्यामा हुनुहुन्छ भने दूतावासले सम्बन्धित एअरलाइन्ससँग समन्वय गरेर पठाउने छ । कोरोनाको प्रभाव नभएको समाज नभएको ठाउँ नै कहाँ छ र ? यहाँ त यूएई सरकारले राम्रो नियन्त्रण गरेको छ । ढिलो चाँडो यहाँको रोजगारीको बजारलाई पुरानै ढाँचामा लैजान्छ भन्ने मलाई लाग्छ । 

फर्कन चाहने धेरै र सीमित उडान हुँदा समस्या भएको हो

दुर्गाप्रसाद भण्डारी
राजदूत, कुवेत ।

कुवेतबाट अझै पनि विभिन्न कारणले फर्कन पर्नेको सङ्ख्या ४ हजारभन्दा माथि नै छ । 

झण्डै तीन हजार आममाफीमा सहभागी र बाँकी लगभग २८ सय जना चार्टर्ड उडानमार्फत यहाँबाट घर फर्कनुभएको छ । हामी अप्ठ्यारो परिस्थितिमा छौं । उडानहरु बन्द हुँदा चार्टर्ड उडानको सङ्ख्या सीमित छ । समस्यामा पर्नेहरुलाई छिटो घर फर्कन पाए हुन्थ्यो भन्ने छ । हप्तामा एक, दुई जहाज आउँछन् ।

तर यहाँबाट फर्कन पाए हुन्थ्यो भन्ने नेपालीको सङ्ख्या ठूलो छ । सङ्ख्या मात्र होइन, यहाँ केही साथीहरु साँच्चै समस्यामा पनि हुनुहुन्छ । त्यो भएकाले यो हतार पनि हो र समस्या पनि छ । सीमित सङ्ख्यामा उडान हुँदा ठूलो सङ्ख्यामा फर्कने भएकाले भनेको समयमा फर्कन नसक्दा समस्या देखिएको छ ।पहिलो चरणमा १० हजार यात्रु नकट्ने गरी एक सय उडान नबढ्ने गरी ६ महिनाको योजना ल्याएको छ । यसबाट नेपाबाट पनि आवतजावत गर्न सहज हुनेछ । यसले आवतजावतमा सहज हुने आश छ । 

तर आगामी हप्ता पनि पाँच उडानहरु पाएका छौं । यहाँबाट त्यसबाट पनि धेरै जना त फर्कन पाउनुहुन्छ । त्यसपछि केही चाप पनि घट्नेछ विश्वास लिएका छौं । नियमित उडान भएमा यो समस्या समाधान हुनेछ भन्ने आश गरेका छौं । व्यवसायिक उडान सुरु भएमा समस्या समाधान हुनेछ र फर्कन खोज्ने नेपालीलाई सहयोग होला भन्ने हाम्रो आश छ । 

कुवेत सरकारले अगष्ट १ देखि नै व्यवसायिक उडान खोल्ने भनको छ । पहिलो चरणमा १० हजार यात्रु नकट्ने गरी एक सय उडान नबढ्ने गरी ६ महिनाको योजना ल्याएको छ । यसबाट नेपाबाट पनि आवतजावत गर्न सहज हुनेछ । यसले आवतजावतमा सहज हुने आश छ । 

काम पनि क्रमशः सुरु हुँदै गएकोे छ । कुवेत सरकारले पनि उपचारमा राम्रो गरिरहेका हुँदा र स्थिति क्रमशः सामान्य बनाउँदै गएकोले आत्तिनु पर्ने अवस्था छैन । अब नेपालमा बिदामा रहेकाहरु पनि फर्कन पाउनेछन् । त्यसकारणले अबको स्थिति सामान्य र सकारात्मक रुपमा अघि बढ्छ भन्ने अपेक्षा हामीले गरेका छौं ।

घर फर्कन कुर्नपर्ने समस्या छ, व्यवसायिक उडान खुलेपछि सहज हुन्छ

उदयराज पाण्डे
राजदूत, मलेसिया ।

कोरोना महामारीपछि समस्यामा पर्नुभएका पाँच हजारभन्दा धेरै फर्कनुभयो । अब पाँच, सात हजार नेपाल फर्कन चाहनेको सङ्ख्या छ । तर के हो भने यहाँ त यो सङ्ख्या बढिरहन्छ । दिनहुँ करार र भिसा सकिने त बढिरहेका हुन्छन् ।

यहाँ जम्मा अहिलेसम्म ११, १२ हजार जनाले घर फर्कन पाउँ भन्दै निवेदन दिनुभयो । त्यसमा पनि अब १० हजार मानिसले टिकट काट्न खोज्दा अहिलेसम्म पाँच हजार ४ सय ३१ मात्रै फर्किए भनेपछि त बाँकीले त कुर्न पर्‍यो । यो हप्ता १० वटा उडान हुँदैछ ।

१० वटै उडान भयो भने पनि १८ सय फर्कन्छन् । बाँकीले त फेरि पनि कुर्नैपर्छ । त्यसैले अब भदौदेखि उडानहरु खुल्ने कुरा छ । अब व्यवसायिक उडानहरु भयो भने स्वदेश फर्कन खोज्नेहरु आफूले चाहेको बेलामा फर्कन पाउनेछन् । अहिले टिकट पाइएन, घर जान पाइएन भन्ने समस्या पनि सकिन्छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP