पर्सा । पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार २ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन् ।
संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो ।
नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
पर्सामा कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको छ । यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् । उनीहरु घरमै छन् ।
यसैविच, गण्डकी प्रदेशका चार जिल्लामा थप पाँचजना कोरोना संक्रमित थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा दुईजना साथै तनहुँ, बागलुङ र स्याङ्जामा एकरएकजनामा संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकीमा कूल संक्रमित एक हजार ४ सय ३५ जना पुगेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया