Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

रुकुम पश्चिम : ठेकेदार कम्पनीका कर्मचारी अपहरणमा

रुकुम पश्चिम – रुकुम पश्चिममा सडक निर्माणको काममा खटिएका निर्माण कम्पनीका एक जना कर्मचारी नचिनेका मानिसकाे समूहकाे अपहरणमा परेका छन् । सिस्ने हिमाल बिल्डर्स निर्माण कम्पनीमा साइट इन्चार्ज पदमा कार्यरत सन्देश भनेर चिनिने गोरखबहादुर पुन अपहरणमा परेकाे कम्पनीका प्रमुख हरिश चन्दले बताउनुभयो । 

तीन दिनदेखि सम्पर्कविहीन रहेका पुनले बिहीबार बिहान आफूलाई नचिनेका मानिसकाे समूहले अपहरण गरेर गोतामकोट भन्ने ठाउँमा पुर्‍याएकाे भन्दै कम्पनीका निर्देशक कुमार हमाललाई फोन गरेको कम्पनीले जनाएको छ । उनीहरुले पुनसँग ३० लाख रकम फिरौती माग गरेको कम्पनीले जनाएको छ । अपहरणमा परेका पुन आठबीसकोट नगरपालिका ३ को खदीमा निर्माणाधीन सडकखण्डको कामकाे साइटमा खटिएका थिए । 

पुन आठबीसकोट नगरपालिका ३ काे खदीबाट अपहरणमा परेकाे सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अपहरणको सूचना प्राप्त हुनासाथ घटनाको आधिकारिकता बुझ्न र पुनकाे खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।

‘प्रहरीको अपरेशन व्यापक पारिएको छ’, डीएसपी केसीले भन्नुभयो, ‘स्थानीय र जिल्लाका युनिटबाट प्रहरी सम्भावित स्थानतर्फ पुगेर खोजी कार्य तीव्र पारिएको छ ।’  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP