Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

पाँचमध्ये तीन जना आमाले शिशुलाई ६ महिनासम्म दूध मात्रै खुवाउने गरेको पाइयो

काठमाण्डौ – नेपालमा पाँचमध्ये तीन जना आमाले मात्रै शिशुलाई जन्मेको ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेको पाइएको छ । 

केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणले पाँच जना आमामध्ये तीन जना अर्थात् ६२ दशमलव १ प्रतिशतले मात्र आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दूध मात्रै खुवाउने गरेको पाइएको हो । 

प्रदेशगत आधारमा ६ महिनासम्म शिशुलाई दूध मात्रै खुवाउने आमा प्रदेश २ मा धेरै छन् । प्रदेश २ मा ६९ दशमलव ९ प्रतिशत, कर्णाली प्रदेशमा ६८ दशमलव ३ प्रतिशत र प्रदेश ५ मा ६३ दशमलव २ प्रतिशतले ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेका छन् ।

सबैभन्दा कम वाग्मती प्रदेशमा ५१ दशमलव १ प्रतिशतले मात्रै ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेको पाइएको छ । यस्तै पछिल्लो समय आमाहरुले शिशुलाई स्तनपान नगराउने चलन बढ्दै गएको पाइएको छ। 

६ महिनासम्मका शिशुलाई स्तनपान नै नगराउने वा गराए पनि थप खानेकुरा खुवाउँदा स्वास्थ्यमा समस्या देखिने क्रम बढेको पोषणविद् डाक्टर अरुणा उप्रेतीले जानकारी दिनुभयो । बच्चा ६ महिनाको नहुँदासम्म आमाकै दूध मात्रै खुवाउनुपर्ने र त्यसको विकल्प खोज्न नहुनेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय विशेष गरी शहरी क्षेत्रमा शिशु ६ महिनाको नहुँदै स्तनपानको सट्टा वा स्तनपानसँगै दूध अथवा लिटो खुवाउने प्रवृत्ति बढ्दै गएको छ ।

यसरी खुवाउँदा शिशुलाई आवश्यकताभन्दा धेरै पोषण हुने र त्यसले पछिसम्म स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नसक्ने डाक्टर उप्रेतीको भनाइ छ । ६ महिनासम्म शिशुलाई आमाको दूध मात्रै खुवाउँदा शिशुलाई भविष्यमा हुने मधुमेह, झाडापखाला लगायतका स्वास्थ्य समस्या कम हुने विभिन्न अध्ययनले देखाएको छ । यस्तै पछिल्लो समय शहरी क्षेत्रमा शल्यक्रियामार्फत बच्चा जन्माउने क्रम बढेको छ ।

शल्यक्रिया गरेर शिशु निकाल्दा दुई तीन दिनसम्म आमालाई दूध चुसाउन समस्या हुन्छ । त्यो समय  बट्टाको दूध खुवाउँदा पछि शिशुले दूध चुस्न जानेन वा खान मानेन भन्दै बट्टाको दूधलाई निरन्तरता दिने गरेको पाइएकाले त्यसो नगर्न पनि पोषणविद् अरुणा उप्रेतीले आग्रह गर्नुभयो ।

सुत्केरीलाई दाल, गेडागुडीको झोल, ज्वानो, गुदपाकलगायतका खानेकुुरा प्रशस्त मात्रामा खुवाउँदा शिशुको लागि आवश्यक दूध पुग्ने उहाँको भनाइ छ । आमाको दूध बच्चाको लागि अमृत समान हुने भएकाले थकाइ लाग्यो, कामले फुर्सद भएन भनेर बट्टाको दूध वा अरु खानेकुरामा जोड नगर्न पनि डाक्टरको सुझाव छ । 

आजदेखि एक हप्तासम्म ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदैछ । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP