विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ । उनको आज बिहान करिब १ बजे अस्पतालको आइसोलेशन वार्डमा मृत्यु भएको हो । उदयपुर बेलका नगरपालिका १ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको छ ।
मृत्यु भएका व्यक्तिमा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, रिंगटा लाग्नेसहितका समस्या देखिएको थियो । सोही कारण उनमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंका गरिएको भए पनि रिपोर्ट आएपछि मात्रै थाहा हुने सुपरिटेन्डेन्ट दासले बताउनुभयो। उनको ट्राभल हिस्ट्री नरहेको अस्पतालले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया