Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

श्रोत नखुलेको १६ लाख नगदसहित एक जना पक्राउ

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ गोब्ली बगैचाबाट श्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । मायादेबी गाउँपालिका– १ पकडीका सुन ब्यापारी ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

भारतीय नाका चारकचौडाबाट नेपाल छिेरेका सोनार सुरक्षाकर्मीलाई देखेपछि भाग्न खोजेका थिए । सोनारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीबाट १६ लाख नगद बरामद भएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।

बिशेष सुराकीका आधारमा सोनारलाई पक्राउ गरिएको देवकोटाले बताए । सोनारबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको थियो । सुन किन्नका लागि सो रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ । 

पक्राउ परेका सोनारलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको देवकोटाले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP