Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

गैरकानुनी ढङ्गले गर्भपतन गराउन खोज्दा एक महिला र पेटमा रहेको शिशुको ज्यान गयाे

रुकुम पूर्व – रुकुमकोटको एक निजी अस्पतालले गैरकानुनी ढङ्गले गर्भपतन गराउन खोज्दा एक महिला र पेटमा रहेको शिशुको ज्यान गएको छ । 

सिस्ने गाउँपालिकाको रुकुमकोटमा रहेको रुक्मिणी हस्पिटल प्रालीले गैरकानुनी ढङ्गले गर्भपतन गराउन खोज्दा मुसिकोट नगरपालिकाकी २६ वर्षीय पुष्पा घर्ती र पेटमा रहेको शिशुको मङ्गलबार ज्यान गएको हो ।

मङ्गलबार बिहान आमा र शिशुको ज्यान गएको सूचना आएलगत्तै त्यस कार्यमा संलग्न चिकित्सक र महिलाका प्रेमी बताउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गुरुङले बताउनुभयो । घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।  

अस्पतालले ती महिलाको पेटमा २२ हप्ताको बच्चा रहेको तर जीवित नभएको भन्दै अप्रेशन गरिएको जनाइएको छ । अस्पतालका डाक्टर रुपेशकुमार सिंङले अप्रेशनपछि अत्यधिक रक्तश्राव हुँदा आमा र शिशु दुवैको ज्यान गएको स्वीकार गर्नुभएको छ । 

पुष्पा रुकुमकोटमा मजदुरी गर्दै आउनुभएको थियो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा विवाह गर्नुभएकी पुष्पाको वैवाहिक सम्बन्ध सुमधुर हुन नसकेपछि रुकुमकोटमा तीन जना बच्चासहित बस्दै आउनुभएको थियो । 

मजदुरी गर्दै आउनुभएकी उहाँको सिस्ने गाउँपालिका ४ का गोश घर्तीसँग प्रेम सम्बन्ध रहेको थियो । उहाँका प्रेमीले त्यो गर्भ आफ्नो भएको स्वीकार गरेका छन् । तिनै प्रेमीले ‘श्रीमान हुँ’ भनेर पुष्पालाई गर्भपतन गराउन अस्पताल लगेका थिए । आउँदो असोजमा विवाह गर्ने विषयमा दुवै जनाको समझदारी रहेको उनीहरुले प्रहरीसमक्ष बताएका छन् । 

महिलाको मृत्युपछि उहाँका बुवा जयबहादुर घर्तीले प्रेमी भनिएका गणेश र डा. सिंहविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ । मृतक आमा र शिशुको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । पक्राउ परेका दुवै जनाको अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP