Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

कोरोना कोषमा दुई अर्ब ४० करोड रुपैयाँ, हिजो एकै दिन झण्डै ४८ लाख संकलन

काठमाण्डौ – सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’ मा अहिलेसम्म दुई अर्ब ४० करोडभन्दा धेरै रकम सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार कोषमा अहिलेसम्म दुई अर्ब ४० करोड ७७ लाख ६५ हजार ९ रुपैयाँ ७७ पैसा जम्मा भएको छ । 

कोषमा हिजो मात्रै ४८ लाख ३५ हजार ७ सय ६४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हिजो ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीले ३४ लाख २३ हजार ६ सय ९८, नेपाल राष्ट्रिय कर्मचारी संगठनले २ लाख १ हजार, सल्यानको छत्रेश्वरी गाउँपालिकाले १ लाख ७८ हजार ४ सय ३०, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले १ लाख ५२ हजार १ सय ४६ रुपैयाँ कोषमा सहयोग रकम जम्मा गरेका छन् । 

त्यस्तै डिभिजन वन कार्यालय डोटीले १ लाख ५ हजार ३ सय ८४ र १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ७ लाख ७५ हजार १ सय ६ रुपैयाँ सहयोग जम्मा भएको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले गएको चैतमा कोष बनाएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP