Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चन्द्रौटाका घिमिरे परिवार कार दुर्घटनामा ।।

चन्द्रौटा , कपिलवस्तु ।
मंगलबार सांझ पाल्पाको अर्गेलीमा कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
दशैंको टीका थाप्न गुल्मीको तम्घास जाने क्रममा कपिलवस्तु शिवराज न.पा. ५, चन्द्रौटा निवासी, राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्सका प्रबन्धक माधव घिमिरेको परिवार दुर्घटनामा परेको हो ।
घाइते हुनेमा माधवसहित बुवा खुमराज घिमिरे, आमा बीना घिमिरे, बैनी स्वस्तिका घिमिरे र रामापुर निवासी माधवका फुपाजु रहेका छन् । घाइतेमध्ये आमाको अवस्था अन्यभन्दा अलि बढी गम्भीर रहेको भाइ दीपक घिमिरेले जानकारी दिएका छन् । आमालाई अहिले काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरी उपचार भइरहेको दीपकले बताए ।
अन्य घाइते सबैलाई पाल्पा मिसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बुधबार बिहान काठमाडौं रिफर गरिएको बताइएको छ ।

बा २१ च ६८०५ नम्बरको निजी कारबाट तम्घास जाने क्रममा अनियन्त्रित भइ सडकबाट डेढ सय मिटर तल खसेको घाइते माधव घिमिरेले जानकारी दिए । पानी परेकाले सडकमा भएको खाल्टाखुल्टी नदेखिएर कार अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ । अहिले घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP