Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

कृष्णनगर घटना : १० बुँदे सहमतिसँगै मूर्ति विर्सजन, कर्फ्यु कायमै

कपिलवस्तु, कात्तिक १५
कपिलवस्तुमा दुई पक्षबीच भएको झडपका कारण रोकिएको मूर्ति विर्सजन १० बुँदे सहमति भएसँगै विर्सजन गरिएको हो ।

बिहीबार राति २ बजेतिर दुवै पक्षबीच सहमति भएपछि कर्फ्युकाबीच सुरक्षा घेराबन्दीमा लक्ष्मीको मूर्ति विर्सजन गरिएको थियो ।

बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि लगाइएको कृष्णनगर क्षेत्रको कर्फ्यु अवस्था हेरेर घटाइने कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।

झडपकाक्रममा भारतीय नागरिक सुरजकुमार पाण्डेको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । उनी विगत ५ वर्षदेखि कृष्णनगरमा चियापसल सन्चालन गरेर बसेका थिए ।

सहमति भएका बुँदामा क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल शाहलाई कानुनी कारबाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कर्फ्युलाई क्रमशः घटाउँदै लैजाने लगायत रहेको प्रशासनले जनाएको छ ।

दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP