Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

सर्वसाधारणलाई लक्षित गरी चन्द्रौटामा स्वास्थ्य शिविर, १९८ को स्वास्थ्य जाँच

कपिलवस्तु १६ कात्तिक ।
सर्वसाधारणलाई लक्षित गरी कपिलवस्तुको चन्द्रौटामा स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा १सय ९८ जनाले स्वास्थ्य जाँच गराएका छन् । नयाँ व्यवस्थापनका साथ संचालनमा आएको चन्द्रौटा हस्पिटल प्रा.लि.द्वारा आयोजित स्वास्थ्य शिविरमा मंगलम पोलिक्लिनिक, मर्सिटी अस्पताल, लुम्बिनी टेक्निकल कलेज तथा लुम्बिनी प्रादेशिक अस्पताल र क्रिमसन अस्पतालका बरिष्ठ डाक्टरहरुको टोलीद्वारा स्वास्थ्य जांच गरिएको अस्पताल इन्चार्ज डा. रियाज खानले जानकारी दिए ।


शिविरमा जनरल सर्जन डा. नविन श्रेष्ठ, महिला रोग विशेषज्ञ डा. बबिता श्रेष्ठ, बालरोग विशेषज्ञ डा. सञ्जय कुमार चौधरी र रेडियोलोजिष्ट डा. तृष्णा श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । विहान १० बजेदेखि संचालन गरिएको शिविर साँझ ६ बजेसम्म चलेको अस्पतालका डा. रोशन बिश्वकर्माले जानकारी दिए । शिविरमा विभिन्न प्रकृतिका रोगका विरामीहरुको चाप थियो ।
शिविरको अवसरमा अस्पतालले भिडियो एक्सरेमा पचास प्रतिशत छुटको दिएको थियो । भने डिजिटल एक्सरे र ल्याबमा दश प्रतिशत छुटको ब्यवस्था गरेको डा. रियाज खानले बताए । जिल्लाको पश्चिमी भेगका सर्वसाधारणलाई लक्षित गरी शिविरको आयोजना गरिएको उनले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP