Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भाषण होइन काम गर्नेलाई जिताउँछौ : स्थानिय


दिपक के.सी.

लालपुर-सितलापुर जाेडने कन्चनिया नदि

मंसिर ९, कपिलवस्तु
यहि मंसिर १४ गते हुने उप निर्वाचन अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं १० मा पनि चुनावी चहलपहल प्रचारबाजी तिव्र भएको छ । वडा अध्यक्षको पदका लागी हुने निर्वाचनमा विभिन्न राजनैतिक दलका उम्मेदवारहरु प्रचार प्रसारमा जोडतोडले लागिपरेका छन ।


निर्वाचन मिति नजिकिदै गर्दा उम्मेदवारहरु भोट माग्दै वडा बासीको घर घरमा पुगेका छन । अक्सर अन्य समयमा नदेखिने राजनैतिक दलका जिल्ला स्तरका नेताहरु पनि अहिले आफ्नो पक्षका उम्मेदवारको लागी भोट माग्दै वडा नंं १० मा देखिएका छन । वडामा रहेका विभिन्न समस्याहरु आफुले चुनाव जिते पछि समाधान गरिने आस्वासन बाढ्दै उम्मेदवारले भोट मागि रहेको स्थानियले जनाएका छन ।


चुनाव जित्ने होडबाजीमा उम्मेदवारले आफु र आफ्नो पार्टि राम्रो भएको र गाउँको समस्या समाधान गर्ने आस्वासन दिएको वडाबासीले बताएका छन । “विहानै देखि चुनाव प्रचार प्रचारका गाडीहरु धुलो उडादै हिड्छन, ठूलो ठूलो साउण्ड स्पिकरमा प्रचार गर्छन, घरघर पुग्छन हात जोड्छन भोट दिन आग्रह गर्छन तर भोट वडाको विकास गर्ने नेतालाई दिने हो ”स्थानिय कलावती चौधरीले बताइन ।


वडा नं. १० मा नेकपाका अदालत मनिहार, नेपाली काग्रेसका देवराज भारती (बाबा) समाजवादी पार्टि नेपालका तिर्थ बहादुर रायमाझी(भाटे) र राजपाका मन्जु मिश्र विच कडा प्रतिस्पर्धा हुने स्थानियले बताएका छन । “ठ्याक्कै यहि पार्टिले जित्छ भन्ने अवस्था नभए पनि यहाँको जनताले पार्टि भन्दा पनि गाउँको व्यक्ति हेरेर भोट दिन्छन, अब गाउँमा कस्को प्रभाव बढि छ भन्ने नतिजाले देखाउछ” स्थानिय रामभरोसे यादवले बताए ।
चुनावी दौडमा होमिएका राजनैतिक दलका स्थानिय देखि जिल्ला स्तरका नेताले वडा नं. १० को कच्ची बाटो , बाटो छेउ छाउमा विद्यालय जाने उमेरका धुलाम्मे बालबालिका, खर र फुसका जीर्ण घरहरु, आरर्सेनिक मिसिएको नलका (ट्युबेलकोे पानी) पिउन प्रयोग गरेको, सिचाई नभए सुख्खा खाली रहेका खेतहरु पक्कै पनि देखेका छन होला , भोट माग्दै लालपुर सितलापुर गर्दा तर्नु पर्ने कन्चनिया नदिको पुल विहिन बाटोमा बर्खाको समयमा पर्ने समस्या वडाबासीका मूल समस्य हुन । उप निर्वाचनबाट निर्वाचित हुने वडा अध्यक्षबाट वडाका समस्याको समधानको हुने स्थानियले अपेक्षा गरेका छन । “अब भाषण मात्रै होइन काधँमा जिम्मेवारी लिएर वडाको विकासमा लाग्ने उम्मेदवारलाई हामी जिताउँछौं” एक स्थानियले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP