Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

महाराजगंज सब–स्टेशनबाट विद्युत सेवा आज देखि सुचारु

कपिलवस्तु, असोज १
कपिलवस्तुको महाराजगंज सब–स्टेशनबाट विद्युत सेवा आज देखि सुचारु गरिएको छ । नेपाल विद्युत प्राधिकरणको वितरण प्राणली सुद्धीणीकरण तथा विस्तार आयोजना अन्तरगत महाराजगंजमा सब स्टेशन निर्माण गरिएको हो ।  
नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको महाराजगंज नगरपालिका १ मा निर्माण गरिएको सबस्टेशनबाट आज विद्युत सेवा सुचारु गरेको हो ।
विद्युत पहुचबाट टाढा रहेको जिल्लाको हरदौना, कुशहवा जस्ता गाँउमा विद्युत प्रवाह गर्नका लागि महाराजगंज सव स्टेशनबाट विद्युत सेवा सुचारु गरिएको कृष्णनगर विद्युत प्राधिकरणका प्रमुख मक्सुद आलम शेखले जानकारी दिनुभयो ।
महाराजगंजमा सब स्टेशन नहुदा चन्द्रौटा वितरण केन्द्रबाट विद्युत प्रवाह हुदै आएको थियो । महाराजगंज सव स्टेशनलाई चर्जा गरी जिल्लाको विद्युत सेवालाई चुस्तदुरुष्त बनाइएको कृष्णनगर प्राधिकरणका प्रमुख शेखले जानकारी दिनुभयो ।
जिल्लाको बुटहनिया, मर्यादपुर, तौलिहवा, हरदौना क्षेत्रको करिब एक हजार घरधुरीले सब स्टेशनबाट विद्युत सेवा पाउने नेपाल विद्युत प्राधिकरणबुटवल डिभिजन कार्यालयका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । 
कुल ३ अर्बको लागानीमा निर्माण सम्पन्न भएको आयोजनाले जिल्लामा विद्युत सेवा प्रवाहमा सजिलो हुने बुटवल डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले बताउनु भयो ।
ए टु जेड इन्फ्रा निर्माण कम्पनीले सन २०१६ देखी सब स्टेशन निर्माण कार्यको जिम्मा पाएको थियो ।  दुई बर्ष सम्म निर्माण सक्ने सम्झौता भएपनि विभिन्न कारणले गर्दा निर्माण कार्य ढिलो सम्पन्न भएको कम्पनीका प्रबन्धक म्यानेजर सागर लुइटेलले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणको वितरण प्राणली सुद्धीणीकरण तथा विस्तार आयोजनाअन्तरगत महाराजगंजबाट ३३ केविए विद्युत लाइनलाई कन्ट्रोल गरी ११, ११ केविएको सप्लाई दिइएको हो । आज विश्वकर्मा पुजाको दिन राम्रो मनिएकोले सब स्टेशन चर्जा गरिएको नेपाल विद्युत प्राधिकरण कृष्णनगर शाखाले जनाएको छ ।
प्राधिकरणले जग्गा खरिद गरेर सब स्टेशन निर्माण गरेको हो । असार मसान्तमा निर्माण सकिएको सब स्टेशन आज देखि चार्ज गर्न थालिएको हो । चन्द्रौटा सब स्टेशनबाटै विद्युत बाल्दैआएका महाराजगंजबासी लाई महाराजगंजमा सब स्टेशन निर्माणपछि सहज भएको छ । चन्द्रौटामा केही समस्या आउँदा विद्युत बन्द गर्नुपर्ने समस्या थियो अब देखी समस्या समाधान भएकोमा महाराजगंज तथा आसपासका गाउवासीमा खुशी छाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP