Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नवलपरासीबाट भन्सार छलेर ल्याएको १ करोडको सामान बरामद

नवलपरासी, २२ मंसिर । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीबाट भन्सार छलेर ल्याउदै गरेको अवस्थामा एक करोड बराबरको अबैध मालसामान बरामद गरेको छ ।



जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार दिल्ली–चितवन चल्ने ना ८ ख १२०३ नम्बरको यात्रुबहाक बसबाट उक्त सामान बरामद गरीएको हो । रुपन्देहीको सुनौलीस्थित बेलहिया भन्सार नाकाबाट सहजै भित्रिएको बसलाई सुराकीको आधारमा प्रहरीले भैरहवाबाट पछ्याउँदै आएको र भुमहीमा चेकजाच गर्दा उक्त अबैध मालसमान बरामद भएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु बोकेको उक्त बसको छतमा लामो टिनको फल्ट बटम बनाएर सामान लुकाइएको थियो । बरामद भएका सामानमध्ये ८ कार्टुनमा ५० भन्दा बढी मोबाईल रहेका छन जसमा एउटा मोबाईलको मूल्य करिब ३० हजारदेखि १ लाखसम्म पर्नेे प्रहरीले जनाएको छ । बसमा १८ बोरा ट्रयासुट र ८ कार्टुन औषधि रहेका छन् । बरामद भएको औषधिमा महंगा आयुर्वेदीक औषधि रहेको प्रहरीले जनाएको छ ।

बरामद भएको सामान र बसलाई चालकसहित आवश्यक अनुसन्धानका लागि बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP