Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

नवलपरासीबाट भन्सार छलेर ल्याएको १ करोडको सामान बरामद

नवलपरासी, २२ मंसिर । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीबाट भन्सार छलेर ल्याउदै गरेको अवस्थामा एक करोड बराबरको अबैध मालसामान बरामद गरेको छ ।



जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार दिल्ली–चितवन चल्ने ना ८ ख १२०३ नम्बरको यात्रुबहाक बसबाट उक्त सामान बरामद गरीएको हो । रुपन्देहीको सुनौलीस्थित बेलहिया भन्सार नाकाबाट सहजै भित्रिएको बसलाई सुराकीको आधारमा प्रहरीले भैरहवाबाट पछ्याउँदै आएको र भुमहीमा चेकजाच गर्दा उक्त अबैध मालसमान बरामद भएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु बोकेको उक्त बसको छतमा लामो टिनको फल्ट बटम बनाएर सामान लुकाइएको थियो । बरामद भएका सामानमध्ये ८ कार्टुनमा ५० भन्दा बढी मोबाईल रहेका छन जसमा एउटा मोबाईलको मूल्य करिब ३० हजारदेखि १ लाखसम्म पर्नेे प्रहरीले जनाएको छ । बसमा १८ बोरा ट्रयासुट र ८ कार्टुन औषधि रहेका छन् । बरामद भएको औषधिमा महंगा आयुर्वेदीक औषधि रहेको प्रहरीले जनाएको छ ।

बरामद भएको सामान र बसलाई चालकसहित आवश्यक अनुसन्धानका लागि बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP